Comments Add Comment

धेरै पानी पिउँदा स्वास्थ्यमा असर

waterपानी पिउनु स्वास्थ्यका लागि लाभदायक मात्र होइन, बाँच्नकै लागि पनि अत्यावश्यक हुन्छ । तर त्यहीँ जिवनदायिनी पानी आवश्यकता भन्दा बढि पिइयो भने त्यसले स्वास्थ्यमा ठूलो नकारात्मक असर पार्ने एक अध्ययनले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार सरीरलाई आवश्यक पर्ने भन्दा बढि पानी पिनाले शरीरमा जल विशाक्तता अर्थात् वाटर इनटोक्सिकेसनको समस्या पैदा हुने खतरा रहन्छ ।

अस्ट्रेलियाको भिक्टोरियास्थित मोनास विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार बढि पानीको सेवनले मानव सरीरमा तरल पदार्थको नियन्त्रण गर्ने प्रणालीले काम गर्न छाड्दछ ।

शोधकर्ताहरुका अनुसार सरीरमा पानीको अधिकताले वाटर इनटोक्सिकेसन अर्थात् हाइपोनेट्रेमिया हुनसक्छ । यो अवस्थामा रगतमा सोडियमको मात्रा कम हुनजान्छ । यसो भयो भने मानिसमा अत्यधिक थकावट तथा बेहोस हुने साथै मानिस गम्भीर रुपमा अचेत भएर कोमामा पुग्ने जोखिम हुन्छ ।

धेरै पानी पिउनाले मस्तिष्कले स्वालोइंग इनहिबिसनलाई सक्रिय बनाउँछ । मोनास विश्वविद्यालयका सहायक प्राध्यापक माइकल फेरेल भन्छन्ः यदि हामी सरीरलाई उसको माग अनुरुप नै आवश्यक पदार्थहरु उपलब्ध गरायौँ भने सबै ठीक हुन्छ । त्यसैले तिर्खा भन्दा बढि पानी नपिउनुहोस् ।
यो शोध प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ साइन्स जर्नलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment