Comments Add Comment

उद्योगी व्यवसायीको दशैंः कोको जाँदैछन् विदेश ?

यस्तो छ पशुपति मुरारकादेखि शेखर गोल्छासम्मको दशैं

ping२३ असोज, काठमाडौं । भनिन्छ-उद्योगी व्यवसायीका साना छोराछोरीले आफ्ना बाबुआमा चिन्दैनन् । किनभने उद्योगी व्यवसायीहरु बिहानै घरबाट निस्कन्छन् र राति अबेलामात्रै घर पुग्छन् । राति घर पुग्दा छोराछोरी सुतिसकेका हुन्छन्, विहान सबेरै हिँड्दा पनि बच्चाहरु सुतिरहेकै हुन्छन् ।

शायद यस्तै व्यस्तताले गर्दा उद्योगी व्यवसायीहरुका लागि दशैं विषेश महत्वको हुन्छ । किनभने उनीहरु वर्षभरिमा सबैभन्दा फुर्सद हुने समय नै दशैं हो । दशैंलाई आफ्ना परिवारसँगको घुलमिल अझ प्रगाढ बनाउने अवसरको रुपमा लिन्छन् उद्योगपति पशुपति मुरारका ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका मुरारका दशैंमा घरमा बसेर व्यवसायिक योजना बनाउने सोचमा छन् । नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणा भने नेपालगञ्जमा रहेको आफ्नो घरमा गएर दशैं मनाउने सोचमा छिन् । महासंघकै अर्का उपाध्यक्ष शेखर गोल्छा भने दशैंमा पाएको फुर्सदको सदुपयोग रारा ताल घुम्न जाने बताउँछन् ।

पछिल्लो दशक व्यवसायिक क्षेत्रमा उदाएका व्यवसायी चन्द्र ढकाल भने यो वर्षको दशैं इन्डोनेसियामा मनाउँदैछन् । ढकाल इन्डोनेसियामा आयोजना हुने व्यापार मेलामा सहभागी हुँदैछन् ।
हामीले केही व्यवसायीहरुलाई दशैं योजानाबारे सोधेका छौंः

 

पशुपति मुरारकाः दशैंको फुर्सदमा विजनेश प्लान बनाउँछु

व्यक्तिगत रुपमा भन्दा हाम्रो समुदायमा दशैं खासै महत्व हुँदैन । हामी तिहार धेरै मान्छौं । यद्यपि दूर्गामाताको पूजा गर्छौं ।

pasupati Murarka (4)
व्यापारीहरुले छुट्टी पाउने भनेको यही समयमा हो । यो समय साथीभाइहरुसँग भेटघाट हुन्छ । दिनभर घरै बसिन्छ । र, विजनेश प्लान बनाइन्छ । टीका घरमै लगाउँछौ । हाम्रो समुदायमा दशैंमा आफन्तकोमा टीका लगाउन आउने-जाने चलन छैन ।
रमाइलोका लागि परिवार र नजिकका साथीभाईसँग बसेर केही घण्टा तास पनि खेल्छु । २/४ हजार हारजीत हुन्छ ।

भवानी राणाः २१ सय रुपैयाँसम्म दक्षिणा दिएकी छुः

नौरथा अवधिभर म गुरु नै राखेर देवीको पूजाआजा गर्छु । नवमीको दिन पूजा सकिन्छ । अरुलेजस्तै टीका लगाउने, आफूभन्दा ठूलाको आशिर्वाद थाप्ने र सानालाई आशिर्वाद दिएर नै दशैं मनाउँछु ।

bhabani_rana1759दशैंमा नयाँ लुगा किन्ने । मीठो खाने भन्ने हुँदैन, किनभने हामी सधैं राम्रै लगाइरहेका हुन्छौं । मीठै खाइरहेका हुन्छौं ।

दशैंकै लागि भनेर सपिङ गर्दिनँ । किनभने सामान्यतया सँधै सपिङ भइरहेको हुन्छ । पहिला केटाकेही हुँदा चाहीँ खुब सपिङ गरिन्थ्यो ।

मैले छोरी हुँदाखेरी नै सबैभन्दा बढी दक्षिणा पाएकी छु । बुहारी र आमा भएपछि त दिनुमात्रै पर्दोरहेछ ।
विवाह गरेर आएपछि पाउनेभन्दा दिने बढी हुँदोरहेछ । आजभन्दा २० वर्षअघि नै मैले ५ हजार रुपैयाँसम्म दक्षिणा पाएकी थिएँ, जुनबेला म टिनएज थिएँ । मैले सबैभन्दा बढी दक्षिणा २१ सय रुपैयाँसम्म दिएकी छु । दक्षिणाभन्दा ठूलो आशिर्वाद हो नि, दशैंमा त । तर, बच्चाहरुका लागि चाहीँ दक्षिणा पनि महत्वपूर्ण हुन्छ ।

शेखर गोल्छाः दशैंमा रारा घुम्न जान्छु

म त्यति धार्मिक मान्छे होइन । म आध्यात्ममा विश्वास गर्छु । म दशैंमा आफ्नो परिवार र साथीभाइसँग बसेर रमाउँछु ।

Shekhar_Golchhaमलाई दशैंमा काठमाडौंमै बस्न मनपर्छ । लामो समयको ट्रेकिङ जान रुचाउँछु । यो साल रारा जान्छु ।

टीका लगाइन्छ, तर मेरा लागि त्यो प्रयोरिटी होइन । दशैंमा टीका लगाएर बढीमा ५ हजार रुपैयाँसम्म दक्षिणा दिएको छु । त्यो ज्वाइँ चेलालाई दिएको हुँ ।

मैले पनि त्यस्तै पाँच हजारजति पाएको छु । त्यो पनि ससुरालीबाटै ।

दशैं र तिहारमा म तास खेल्छु । तर, अरु समयमा चैं तास छुन पनि छुन्न । दुई वर्षअघि २ हजार रुपैयाँ लिएर तास खेल्न बसेको डेढ लाख जितेको थिएँ । आफुले चाहिँ तासमा १० हजारसम्म हारेको छु ।

चन्द्र ढकालः यो दशैंमा म इन्डोनेसिया हुन्छु

यो वर्षको मेरो दशैं इन्डोनेसियामा हुन्छ । इन्डोनेसियामा हुने वाषिर्क व्यापार मेलामा सहभागी हुन दशैंमा त्यहाँ जाँदैछु ।

chandra dhakalहामी व्यवसायीलाई दशैं भनेको वर्षभरिको सबैभन्दा बढी फुर्सद हुने समय हो ।

त्यसैले यो समयमा नजिकका साथीभाई, आफ्न्तसँगको भेटघाट तीब्र हुन्छ । र, आफ्नो परिवारलाई पनि पर्याप्त समय दिन पाइन्छ । म तास कहिल्यै खेल्दिन ।

प्रतापजंग पाण्डेः नयाँ व्यवसाय गर्ने योजना बनाउँछु

दशैंलगत्तै आइएलएफसी सिभिल बैंकसँग मर्ज हुँदैछ । मर्जपछि म सिभिल बैंकमा नजाने निर्णय गरेको छु । त्यसैले दशैंमा भएको विदाको सदुपयोग गरेर कुन नयाँ व्यवसायमा हात हाल्दा ठीक हुन्छ भनेर योजना बनाउँछु । दुर्गा मातासँग पनि मेरो यही कामना हुनेछ ।
खासगरी दशैं भनेको परिवारमा आपसी सदभाव कायम गर्ने पर्व हो । म अलि धार्मिक भएकाले देवी-देवताको पूजा आराधनामा बढी जोड दिन्छु ।

म तास खेल्दिँन । तर, दशैंमा चाहिँ केटाकेटीसँग खेल्छु । २/४ सय हारजित हुन्छ । मेरोमा टीका लगाउन आउनेलाई १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म दक्षिणा दिन्छु । मैले चाहिँ २००० रुपैयाँसम्म दक्षिणा पाएको छु, त्यो ससुरालीबाट पाएको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment