+
+

मुम्बईमा ५ थान पेस्तोलसहित नेपाली युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २५ गते १३:२४

banduk

२५ असोज, मुम्बई । भारतको मुम्बई शहरमा एक जना नेपाली युवक ५ वटा पेस्तोल र गोली गठ्ठासहित पक्राउ परेका छन् ।

चन्द्रबहादुर सोनार (२९) सँग प्रहरीले आइतबार ४ थान कटुवा रिभोल्भर  १ थान पेस्तोल र ३ थान काट्रिज बरामत गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

मुम्बईको पनवेलमा एकजना नेपाली युवक हतियार बेच्न आउँदै गरेको पुर्व सुचना पाएको प्रहरीले स्थानिय रेलवे स्टेसनमा कडा निगरानी गरेको थियो ।

वरिष्ठ प्रहरी निरिक्षक सुनिल बजारेले भने, ‘बेलुकाको करिब ६ बजे तिर सङ्दिग्ध व्यक्ति एउटा ब्याग भिरेर स्टेशन वरिपरि घुमिरहेको थियो। हामीले करिब १५ मिनेटसम्म उनीलाई हेरिरह्यौँ । अटो चढ्नै लागेको बेला हामीले उनलाई समात्यौँ । ‘

सोनारले भने आफू अहमदनगरका वासिन्दा भएको र नातेदारको घर जान लागेको बताएका थिए । प्रहरीले उनलाई थप सोधपुछ गरिरहेको बताएक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?