Comments Add Comment

महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त

Womens-Cricket-Nepal

२८ असोज, काठमाडौं । नेपाली टोली आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौट प्रतियोगिताबाटै बाहिरिएको छ ।

चार टोली सम्मिलित एशियाली छनौट प्रतियोगितामा तेस्रो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपालले चीन र हङकङलाई पराजित गरेपछि अन्य तीन खेलमा पराजित भएको थियो ।
आज हङकङ क्रिकेट क्लवको मैदानमा भएको खेलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एक खेल अगावै विश्वकप छनौटको अर्को चरणमा पुग्न असफल भएको हो ।

जितपछि समूहको शीर्ष स्थानमा रहेको थाइल्याण्डको ८ अंक छ । थाइल्याण्ड समूसह बिजेता बन्दै अर्को चरणमा पुग्ने लगभग निश्चित बनेको छ । नेपालको चार अंक छ ।

समूहको अन्तिम खेलमा जित हासिल गरेपनि नेपाल अर्को चरणमा पुग्न असफल हुनेछ । एशियाली छनौटको शीर्ष एक टोलीले मात्र विश्वकप क्वालिफायरमा स्थान बनाउनेछ ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य थइल्याण्डले १८ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । थाइल्याण्डको जितमा चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ४ तथा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले २-२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय सय ८ रन बनाएको थियो । नेपालकी नेरी थापाले अविजित ३२, इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ रन जोडिन् । कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहिन् । प्रतियोगिताको अन्तिम खेलमा नेपालले चीनसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment