हलिउड र बलिउड चलचित्र जस्तै दुवइमा अब नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । अरबिक सव-टाइटल राखेर हलिउड र बलिउड चलचित्र दुबइमा प्रदर्शन हुँदै आएका थिए । अब, सोही शैलीमा नेपाली चलचित्रले पनि स्थान पाउने भएका छन् ।
दुबइमा चलचित्र सेन्सर गरेर प्रदर्शन गर्नुपर्नेछ । चलचित्र विकास बोर्डको पहलमा कन्सेप्ट भिजन प्रालीले नेपालमा जस्तै गरि दुबइमा चलचित्र प्रदर्शन गर्न सुरु गरेको हो ।
पहिलो चरणमा चलचित्र ‘वीर विक्रम’ १६ वटा हलमा ३-३ शो प्रदर्शन भएको छ । यसको सुभारम्भ गर्नका लागि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई दुबई पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4