Comments Add Comment

२ बर्षपछि ‘छक्का पन्जा’ले ‘कोहिनुर’को व्यापारलाई उछिन्यो

chakka panja business 2
२ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कोहिनुर’को व्यापारले सबैलाई चकित बनाएका थियो । नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात यो चलचित्र हेर्नका लागि दर्शकको भीड हलमा लागेको थियो । श्रीकृष्णप्रति अन्तिम श्रद्धाञ्जली दर्शाउँदै दर्शक हलमा पुगेका थिए । चलचित्रले ११ करोड हारहारीको व्यापार गरेको वितरकहरुले बताएका थिए ।

तर, यो चलचित्र रिलिज भएको २ बर्षपछि अर्को चलचित्रले यसको किर्तिमानी व्यापारलाई उछिनेको छ । चलचित्र ‘छक्का पन्जा’ले रिलिजको छैठौ हप्तासम्म आइपुग्दा ‘कोहिनुर’को व्यापारलाई उछिनेको हो । काठमाण्डौमा ७ करोडको व्यापार गरेको यो चलचित्रले मोफसलमा भने ५ करोड माथिको व्यापार गरेको वितरकहरुले बताएका छन् । १२ करोड माथिको व्यापार गर्दै नेपाली चलचित्रको इतिहासमा दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको चलचित्रले नयाँ रेकर्ड कायम गरेको हो ।

चलचित्रले अधिकांश हलमा ५१ दिन मनाउने देखिएको छ । तिहारमा रिलिज हुन लागेका २ ठूला हिन्दी चलचित्रको व्यापारले पनि यसको मल्टिप्लेक्सको समयसिमा निर्धारण हुनेछ । काठमाण्डौका मल्टिप्लेक्समा यो चलचित्र अझै पनि उच्च शोका साथ चलिरहेको छ । उच्च व्यापारका लागि काठमाण्डौका मल्टिप्लेक्सको योगदान बढी छ । योसँगै यो चलचित्रले बलिउडका केही चलचित्रले नेपालमा गरेको उच्च कलेक्शनलाई पनि उछिनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment