Comments Add Comment

प्रेम र चलचित्रका कारण यी नायिका बने एक-अर्काको दुश्मन

priyanka and kareena
बलिउड नायिकामा प्रेमी र सम्बन्धको विषयमा त अक्सर झगडा भइ नै रहन्छ । आफ्ना प्रतिस्पर्धीसँग पनि उनीहरुको सम्बन्ध खराब हुने गरेको छ । पछिल्लो जानकारी अनुसार अहिले नायिकाद्धय विपाशा बासु र प्रियंका चोपडाको अहिले सम्बन्ध बिग्रेको छ ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार प्रियंका चोपडाको प्रोडक्सजले कल्पना सरोजको जीवनीमाथी बनाउन लागेको चलचित्रमा बिपाशाको स्थानमा राधिका अप्टेले स्थान पाईन् । उक्त घटनापछि बिपाशा प्रियंकादेखि निकै रिसाएकी छिन् ।

बिपाशा चाहन्थिन्, उक्त भुमिकामा आफूले काम गर्न पाईयोस् । किनकी विवाहपछि उनले कुनै नयाँ चलचित्रमा काम पाएकी छैनन् । त्यसो त प्रियंका उनको नजिकको साथी पनि हुन् । तर, अन्तिम समयमा प्रियंकाले उक्त भुमिकाका लागि विपाशा भन्दा राधिका नै योग्य देखिन् ।

बिपाशा र प्रियंका मात्रै हैन । आफ्ना प्रतिस्पर्धीलाई देखि नसहने धेरै कलाकार छन् बलिउडमा । deepika and katrina

दीपिका पादुकोण-कट्रिना कैफः दीपिका पादुकोण र कट्रिना कैफ कुनै वेला राम्रो साथी थिए । दुबै एक समय बलिउडका सफल नायिका पनि हुन् ।

तर, अहिले उनीहरुको सम्बन्ध राम्रो छैन । उनीहरुको सम्बन्ध बिग्रनुको कारण हुन् रणबीर कपुर । कट्रिनाकै कारण रणबीर-दीपिकाको ब्रेकअप भएको भारतीय समाचारमा उल्लेख छ ।

प्रियंका चोपडा- करिना कपुरः दुबैले एक अर्काको बिरुद्ध गरेको टिप्पणीवाट उनीहरुको खराब सम्बन्ध सुरु भएको थियो । करिनाले एक पटक भनेकी थिइन् कि-‘म रानी मुखर्जी बाहेक अरु कुनै नायिकालाइ मान्दिन ।’

‘कफि वीथ करण’ कार्यक्रममा पनि उनले प्रियंकाको अभिनय बनावटी भएको टिप्पणी गरेकी थिइन् । त्यसो त उनीहरु दुबैले चलचित्र ‘ऐतराज’मा काम गरेका थिए । शो प्रशारण भएपछि प्रियंकाको काफी तारिफ भयो भने करिनालाई दर्शकले वेवास्ता गरे ।

त्यति मात्रै हैन करिनाका पूर्व प्रेमी शाहिद कपुर प्रियंकाको जीवनमा प्रवेश गरेपछि अर्को लफडा सुरु भयो ।

करिश्मा कपुर-रबिना टण्डनः करिश्मा कपुर र रबिना टण्डनले हिन्दी चलचित्र ‘अन्दाज अपना-अपना’मा साथीको भुमिका निर्वाह गरे । तर, रियल लाइफमा उनीहरु कहिल्यै राम्रो साथी हुन सकेनन् । फराह खानले एक अन्तरवार्ताकै क्रममा भनिन् कि-‘उनीहरुले एउटा गीतको सुटिङमा एक अर्कालाई निकै उडाए ।’

ऐश्वर्या राय बच्चन-रानी मुखर्जीः ऐश्वर्या राय र रानी मुखर्जीको सम्बन्ध पनि कहिल्यै राम्रो भएन । अभिषेक बच्चनको ‘बण्टी और बब्ली’ मा काम गर्दा उनीहरुको सम्बन्ध बिग्रेको थियो ।

तर, ऐश्वर्या-रानीको सम्बन्ध बिग्रेको कारण ‘चलते चलते’को सुटिङमा सार्वजनिक भएको थियो । ‘चलते चलते’मा पहिला ऐश्वर्यालाई मुख्य भुमिकामा प्रस्ताव गरिएको थियो भने ऐश्वर्याले प्रस्ताव अस्वीकार गरेकी थिइन् । उनीहरुको मन मुटाबकै कारण अभिषेकले रानीलाई आफ्नो विवाहमा निम्ता समेत गरेनन् ।

सोनम कपुर- दिपिका पादुकोणः सोनम कपुर र दिपिकाको सम्बन्ध राम्रै थियो । तर, फिल्ममा ब्यस्त हुँदै गएपछि उनीहरुको सम्बन्ध चिसियो ।

उनीहरुको सम्बन्ध बिग्रनुमा रणबीर कपुर पनि कारण हुन् भन्नेहरु छन् । ‘साँवरिया’ रिलिज भए लगत्तै सोनम र रणबीर नजिकिएका थिए । जब दिपिका र रणबीरको हिमचिम बढेको समाचार सार्वजनिक भयो सोनम दिपिकासँग चिढिइन् ।

दिपिका पादुकोण- विपाशा बासुः दिपिका र विपाश बासुको सम्बन्ध त्यतिवेला खराब भयो, जब उनीहरुले ‘बचना ए हसिनो’ मा काम गरे ।
यस चलचित्रमा काम गर्दा दिपिका रणबीरको गर्लप|mेण्डका रुपमा चिनिन्थिन् । जब, एक प्रसंगमा रणबीरले विपाशालाई सेक्सिएस्ट वुमन भनेर टिप्पणी गरे त्यसपछि दिपिका चिढिएकी थिईन् ।

रेखा-जया बच्चनः रेखा र जया बच्चनले जहिल्यै आफुलाई प्रतिस्पर्धीको रुपमा स्थापित गरे । अमिताभ बच्चनसँग रेखाको हिमचिमका कारण यी दुबैका गसिपले प्रसस्तै स्थान पायो ।

करिना कपुर- बिपाशा बसुः करिना र बिपाशाको लडाई चलचित्र ‘अजनबी’ वाटै सुरु भएको थियो । करिनाले विपाशालाई जुनियर भन्दै सुटिङ स्पटमै थप्पड मारेकी थिइन् । त्यसपछि उनीहरु कहिल्यै एउटै चलचित्रमा देखिएनन् ।

सोनाक्षी सिन्हा -जरीन खानः सोनाक्षी सिन्हा र जरिन खानको विवाद चलचित्र ‘रेडी’ को सुटिङमा छरपष्ट भएको थियो । क्यारेक्टर ढिला बोलको गीतको सुटिङको क्रममा उनीहरुको मन मुटाब भएको थियो भने पछि एउटा कार्यक्रममा सहभागी हुँदा सोनाक्षीले जरिनलाई धक्का दिएर हिडेकी थिइन् ।

माधुरी दिक्षित-जुही चावलाः ९० को दशकमा माधुरी दिक्षित र जुही चावला एक अर्काको प्रतिस्पर्धी मानिन्थे । जुही र माधुरीले हिन्दी चलचित्र ‘गुलाब ग्याङ’मा अभिनय गरे । जुहीले एक अन्तरवार्ताको क्रममा भनेकी थिइन् कि गुलाब ग्याङअघि पनि धेरै चलचित्रवाट प्रस्ताब आएको थियो तर, मैले काम गरिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment