Comments Add Comment

सांसद यादवको डेरामा चोरी गरेको आरोपमा दुई पक्राउ

३० असोज, काठमाडौं । सांसद रामकृष्ण यादवको डेरामा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Ram-Krishna-Yadav
सांसद रामकृष्ण यादव

यादव दशैंमा घनुषास्थित घरमा गएको समयमा कोटेश्वरस्थित डेराबाट ल्यापटप, सुनका गहना र केही नगद चोरी भएको थियो ।

चोरी गरेको आरोपमा काठमाडौं डिल्लीबजारका राजिव नकर्मी र खोटाङ जाग्रितीनगरका सनिल राई पक्राउ परेका छन् ।

सांसद यादव बसेकै घरको माथिल्लो तल्लामा बस्दै आएका नकर्मीको योजनामा चोरी भएको देखिएको काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाले बताए ।

एउटै घरमा बसेका नकर्मीलाई पक्राउ गरेर पोलिग्राफ परीक्षण गर्दा फेल भएपछि उनीहरुले चोरी गरेको खुलेको हो । नकर्मीको बयानको आधारमा राईलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चोरी भएको ल्यापटपसँगै एक लाख २२ हजार नगद समेत बरामद गरेको छ ।

त्यस्तै चोरी गरेको गहना बिक्री गरेको देखिएपछि प्रहरीले गहना खरिद गर्नेको पनि खोजि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment