Comments Add Comment

कुन जिल्लामा कति गरिब ? सबैभन्दा धेरै बाजुरामा, थोरै तनहुँमा ! (सूचीसहित)

Timbu Sindhupalchok, Earthquake Victims (20)

२ कात्तिक, काठमाडौं । देशको २५ जिल्लामा गरिएको सर्वेक्षणले ३ लाख ५६ हजार ४ सय १५ घर परिवार गरिबीको रेखामुनि रहेको देखाएको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको सर्वेक्षणले देशका विभिन्न २५ जिल्लामा जम्मा १२ लाख ४० लाख ३ सय ५० घर परिवार रहेकोमा ३ लाख ५६ हजार ४ सय १५ परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको हो । यस्तै ७ लाख २५ हजार ९ सय ७४ वटा घरपरिवार भने आर्थिक दृष्टिकोणले मध्यम र सम्पन्न रहेको पनि अध्ययनले देखाएको छ ।

गरिब परिवारलाई गरिब परिचय पत्र वितरण गरी थप सुविधा उपलब्ध गराउन सरकारले पहिलो चरणमा २५ जिल्लामा गरिब घर परिवार पहिचान बोर्ड गठन गरी सर्वेक्षण थालेको थियो । सो सर्वेक्षणले सबैभन्दा धेरै गरिब बाजुरामा र सबैभन्दा धेरै धनि तनहुँमा रहेको प्रारम्भिक तथ्यांक निकालेको छ । बोर्डले उक्त तथ्यांकको अहिले अद्यावधिक गरिरहेको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको बोर्डले पहिलो चरणको सर्वेक्षणमा समेटेका जिल्लाहरुमा भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली रहेका छन् ।

कुन जिल्लामा कति गरिब ?

जिल्ला जम्मा घर परिवार संख्या   गरिब घरपरिवार संख्या    
भोजपुर ३५,९७६ ८,०६३
खोटाङ ३९,६९१ ८,६६५
सिराहा १,१९,५७० ३४,३०२
सिन्धुली     ५३,९५५ १९,११७
रामेछाप     ४०,३३३ ९,६३७
रौतहट १,१६,७३६ ३२,४१६
गोरखा ५९,६६४ १०,८०९
तनहुँ  ६५,५५६ ८,९९९
बाग्लुङ ५२,८५६ १०,८७०
कपिलवस्तु   ८४,९८५ २५,३४६
अर्घाखाँची    ४२,००९ ११,०८५
प्यूठान ४५,०८५ १३,३९२
रोल्पा ४०,५३१ ९,५३७
रुकुम ३५,९७२ ८,२४५
बर्दिया ७८,९७२ २१,०५९
जाजरकोट   २७,४०७ ८,४७४
डोल्पा ७,०६७ २,८५७
जुम्ला १९,४९७ ८,१९३
कालिकोट    २२,०९४ ११,१०१
मुगु   ९,५३३ ३,६३१
हुम्ला ८,५५५ ४,२३५
बाजुरा २१,६८५ १२,५७५
बझाङ ३०,३२८ १४,१५३
अछाम ४५,१६० १९,४०७
कैलाली     १,३७,१२८ ४०,२५१

बोर्डले उपलब्ध गराएको विवरण अनुसार २५ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी गरिबी देखिएको छ । बाजुरा जिल्लाका ६४.१ प्रतिशत परिवार गरिबीको रेखा मुनी रहेको अध्ययनले देखाएको छ । यस्तै त्यसपश्चात कालिकोटमा गरिबीको मात्रा उच्च छ । कालिकोटमा कुल परिवार संख्यामा ५७.९ प्रतिशत परिवार गरिब छन् ।

यस्तै सर्वेक्षण गरिएको २५ जिल्लाहरुमध्ये तनहुँ जिल्लाका मानिसहरु धनी रहेको देखिएको छ । ६५ हजार ५ सय ५६ घरपरिवार मध्ये ८ हजार ९ सय ९९ परिवारमात्र गरिबीको रेखा मूनी रहेको अध्ययनबाट पत्ता लागेको छ । यस्तै भोजपुरमा २४.४ प्रतिशतमात्र गरिवी रहेको छ । गोरखामा २० प्रतिशत, बाग्लुङमा २२ प्रतिशत र बर्दियामा २८.७ प्रतिशत गरिबी रहेको बोर्डले जनाएको छ ।

ती जिल्लाहरुका थप १ लाख ५० हजार ९ सय ५८ घर परिवारको अवस्थाबारे भने अहिले केही भन्न नसकिने बोर्डले जनाएको छ । केहि परिवारको तथ्यांक संकलन त्रुटीपूर्ण रहेकाले त्यसबारे पुनः अध्ययन गर्ने बोर्डले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment