Comments Add Comment

टेक्ससमा दशैंको अवसरमा शुभकामना आदान प्रदान

America-Congress-1

टेक्सस । नेपाली कांग्रेसले दशैंको कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान गर्ने प्रचलनलाई अमेरिकास्थित भातृ संगठनले पनि थालनी गरेको छ ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको वेस्ट टेक्सस च्याप्टरले आइतबार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

स्टेफनभीलमा आयोजित कार्यक्रममा ड्यालस, फोर्टवर्थका थुप्रै नेपालीहरुको उपस्थिति थियो । कार्यक्रममा नेपाली समाज टेक्सस, गैर आवासीय नेपाली संघ अमेरिका, यति चेम्बर अफ कमर्स, प्रवासी नेपाली मञ्च लगायतका संघसंस्थामा पदाधिकारीहरु एकै ठाउँमा भेला भएर शुभकामना आदान प्रदान गरे ।

America-Congress

कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रमेश रिजाल प्रमुख अतिथिका रुपमा थिए । रिजालले नेपालको वर्तमान परिस्थितिबाट स्वदेश र विदेशमा रहेका नेपालीहरु असाध्यै चिन्तित रहेको उल्लेख गर्दै कतिपय कमी कमजोरीका वावजुद निराश भइहाल्ने अवस्था भने नरहेको बताए ।

‘जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्दै नेपाललाई नयाँ भविष्य दिन सक्नेमा हामी आशावादी छौं,’ रिजालले भने, ‘संबिधान बनेको छ र त्यसलाई कार्यान्वयनमा लग्नु जरुरी छ ।’

कार्यक्रमका सभापति नेपाली जनसम्पर्क समिति टेक्सस वेस्ट च्याप्टरका सभापति हरिबोल भण्डारीले जनसम्पर्क समितिमा कमी कमजोरी र गल्ती भए सम्पूर्ण केन्द्रीय समिति जिम्मेवार हुने बताउँदै अहिलेको विवादको चुरोमा रहेको भूकम्प पीडितका नाममा संकलन भएको चन्दा रकममा कुनै हिनामिना नभएको ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment