Comments Add Comment

चिनियाँ उद्योगमन्त्री माओ नेपाल भ्रमणमा

Zhang Mao, minister of the State Administration for Industry and Commerce (SAIC)

२ कात्तिक, काठमाडौं । चिनियाँ उद्योग वाणिज्य सम्वन्धी सार्वजनिक प्रशासन मन्त्री चाङमाओ नेपाल भ्रमणमा आएका छन् । आपूर्ति मन्त्रालयको निमन्त्रणामा उपभोक्ता अधिकारको क्षेत्रमा सहयोग विस्तार गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्री माओ नेपाल भ्रमणमा आएका हुन् ।

केपी ओली प्रधानमन्त्री भएका बेला चीन भ्रमणका क्रममा दुई देशबीच उपभोक्ता अधिकारको क्षेत्रमा सहयोग विस्तार गर्ने निर्णय भएको थियो । बुधबार आपूर्तिमन्त्री दिपक बोहरा र चिनियाँ मन्त्रीले समझदारीमा हस्ताक्षर गर्नेछन् ।

यस्तै चिनियाँ मन्त्री माओले बुधबार नै नेपालका उद्योग मन्त्रीसँग पनि भेट्ने कार्यक्रम तय भएको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट्ने कार्यक्रम छ । माओ अक्टोबर २१ तारिख स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment