Comments Add Comment

दिक्तेल–जयरामघाट सडक छ महिनापछि सञ्चालनमा

road-1३ कात्तिक, खोटाङ । वर्षा लागेसँगै अवरुद्ध दिक्तेल–जयरामघाट सडक छ महिनापछि सञ्चालनमा आएको छ । वर्षातको पानीले खाल्डाखुल्डी पार्नुका साथै हिलाम्मे भएर अवरुद्ध बनेको सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो ।

गत जेठ दोस्रो हप्तादेखि अवरुद्ध सडक जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, स–शस्त्र प्रहरी र यातायात व्यवसायीले मर्मत गरेपछि सञ्चालनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । सचिव हिङ्माङका अनुसार अवरुद्ध सडक सञ्चालनमा आएसँगै दिक्तेलबाट जयरामघाटसम्म सिधा यातायातसमेत सुरु भएको छ ।

जयरामघाटदेखि दिक्तेलको मुडेसम्म मात्र आंशिक रुपमा यातायात सञ्चालन हुँदै आएकोमा जयरामघाटसम्म सिधा यातायात सेवा सुरु भएपछि यात्रुलाई समेत सहज भएको छ । दिक्तेल–जयरामघाट सिधा यातायात सुरु भएपछि दिक्तेलदेखि मुडेसम्म करिब दुई घन्टा हिँडेर बस चढ्नुपर्ने समस्या हटेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–जयरामघाट सडक सञ्चालनमा आएपछि दिक्तेलबाट दैनिक पाँचवटा बस सन्चालन गर्न थालिएको यातायात व्यवसायीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment