मुम्बई । अक्षय कुमार र सलमान खान सम्बन्ध राम्रै रहेपनि शाहरुख खानले अहिलेसम्म अक्षयलाई कर्कै आँखाले हेर्ने गरेका छन् ।
शाहरुख मात्रै हैन अक्षय पनि शाहरुखलाई आफ्नो कट्टर प्रतिद्धन्द्धी मान्छन् । पछिल्लो समय बलिउड बक्स अफिसमा अक्षयको प्रभाव बढ्न थालेपछि शाहरुखले अक्षयसँग मित्रताको हात बढाएका छन् । शाहरुखले अक्षयको प्रसंसामा समय खर्चिन थालेपछि शाहरुखले आफ्नो करिअर गिरेको महसुस् गरेको टिप्पणी समेत हुन थालेको छ ।
कुनै समय तीन खानको वर्चश्व रहेको बलिउडमा अहिले अक्षय कुमार चम्किएका छन् । कतिले उनलाई तीन खानको विकल्प भनेर टिप्पणी गर्छन् त कतिले एक्लो यात्री पनि भन्छन् । वर्षमा तीन फिल्म सय करोड क्लबमा प्रवेश गरेपछि अक्षयले तीन खानलाई पछारे भन्नेहरु पनि छन् ।
ट्वीटरमा एकजनाले शाहरुखलाई सोधेका थिए ‘तपाइलाई अक्षय कुमार कस्तो लाग्छ ?’ जवाफमा शाहरुखले भने हार्डवर्किङ, कुल । शाहरुखको यस्ता जवाफपछि उनीहरुको सम्बन्ध मजबुत भएको चर्चा समेत चलेको छ ।
प्रतिक्रिया 4