Comments Add Comment

चिकित्सा क्षेत्रका अनियमितता अध्ययन गर्न उपसमिति गठन

ranju-kumari-jha
समिति सभापति रञ्जु झा

३ कात्तिक, काठमाडौं । चिकित्सा क्षेत्रमा देखिएका अनियमितता अध्ययन गर्न संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले उपसमिति गठन गरेको छ ।

समितिको बुधबार बसेको बैठकले चिकित्साशास्त्र क्षेत्रमा शुल्क, सिट र प्रवेश परीक्षामा देखिएको अनियमिता अध्ययनका लागि ९ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिलाई शुल्कमा देखिएको अनियमितता, प्रवेश परीक्षा, काठमाडौं विश्वविद्यालयले लिएको प्रवेश परीक्षमामा अख्तियारको हस्तक्षेप भए/नभएको तथा सिट निर्धारण सम्बन्धमा अध्ययन गर्ने जिम्मेवारी दिइएको समिति सभापति रञ्जु झाले जानकारी दिइन् ।

उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

उपसमिति गठन गर्नु अघि समितिले स्वास्थ्यमन्त्री गगन थापासँग वर्तमान अवस्थामा चिकित्सा क्षेत्रमा देखिएको समस्याा र समाधानका लागि सरकारबाट भएका प्रयासबारे जानकारी लिएको थियो ।

स्वास्थ्यमन्त्री थापाले केदारभक्त माथेमा संयोजकत्वको कार्यदलको प्रतिवेदनलाई निर्देशक डकुमेण्ट्रीको रुपमा लिएर काम अघि बढाइरहेको बताए । उनले चिकित्सा क्षेत्रमा सिट संख्या र नयाँ कार्यक्रम थप्ने नथप्ने विषयलाई समस्याको रुपमा औंल्याए ।

मन्त्री थापाले शैक्षिक सत्रलाई असर नपर्ने गरी अर्को व्यवस्था नहुन्जेलसम्म नेपाल मेडिकल काउन्सिललाई काम अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment