३ कात्तिक, बुटवल । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीमा कार्यरत देशभरका कर्मचारीहरु आन्दोलित भएका छन् । आफूहरुलाई म्यादी हुँदै स्थायी प्रकृया अघि बढाउनुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले बुधबार नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलमा धर्ना दिँदै आफ्ना माग पूरा गर्न प्राधिकरण बोर्ड समक्ष माग गरेका छन् ।
जसअनुसार लुम्बिनी अञ्चलका कामदारहरुले पनि मंगलबार र बुधबार नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय बुटवलमा धर्ना दिएका थिए । आन्दोलनका अगुवाहरुले पत्रकार सम्मेलन गरी प्राधिकरण वोर्ड पक्षले आफ्ना माग सम्बोधन गर्न एक महिनाभित्र कुनै पनि कदम नचाले थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
देशभरका बिद्यूत प्राधिकरण शाखाहरुमा दैनिक ज्यालादारी कार्यरत, मिटर रिडरदेखि प्रशासनमा काम गर्ने कामदार, सवारी चालक, प्राविधिक लगायतका अन्य बिभिन्न पदमा गरी कुल २ हजार ५ सय कर्मचारी दैनिक ज्यालादारीमा काम गर्दै आएका छन् ।
न्युनतम ५ वर्षदेखि अधिकतम १२ वर्षसम्मका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरु छन् । आफूहरुले लामो समय प्राधिकरणलाई सेवा गरेकाले प्राधिकरणको बिनियम परिवर्तन गरी म्यादी हुँदै स्थायी बनाउनुपर्ने कामदारहरुको माग छ ।
प्रतिक्रिया 4