३ कात्तिक, काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले चुक्ता पुँजीमा १ः१ का दरले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
मातृभूमी बिकास बैंक लिमिटेड तथा कालिन्चोक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गरे पश्चात् नेपाल राष्ट्र बैंक अन्तिम स्वीकृतिको लागि आवेदन पेश भएको कायम हुन आउने चुक्ता पुँजीमा हकप्रद जारी गर्न लागिएको हो ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
बैंकले देशभरिका आˆना १५ वटा शाखा तथा १२ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । बैंकले निकट भविष्यमा प्राप्तीबाट थपिने ७ वटा शाखाहरुसँगै देशका विभिन्न स्थानहरुमा थप नयाँ ७ वटा शाखाहरु थप्दै यस आर्थिक बर्षको अन्त्यसम्ममा कुल २९ वटा शाखाहरु मार्फत आˆनो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया 4