Comments Add Comment

काठमाडौंमा अन्तराष्ट्रिय हिन्दु सम्मेलन, पूर्वराजाले सम्बोधन गर्ने

३ कात्तिक, काठमाडौं । विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिले अाजदेखि राजधानीको बनकालीमा अन्तराष्ट्रिय हिन्दु सम्मेलन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र साहले सम्मेलन उद्घाटन र सार्वजकिन रुपमा सम्बोधन गर्ने भएका छन् ।

Gyanendra-Shahराजासहतिको हिन्दु राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रमपछि बाँकी दुई दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन गर्नेछ ।

समितिले सम्मेलन हिन्दु धर्मावलम्बीको भीड देखाउनमात्र नभई सैद्धान्तिक लडाइँका लागि विशेष प्रस्ताव पास गर्नका लागि भएको बताएका छन् ।

सम्मेलनमा थाइल्यान्ड, मौरिसस, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया क्यानडा, बेलायत लगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी हुने छन् ।

भारतबाट लोकसभाका सांसद एवं महासंघको भारत एकाइका प्रमुख आदित्यनाथ, उत्तराखण्डका शंकराचार्य वासुदेवानन्द सरस्वती, इस्लामाबादका शंकराचार्य, राष्ट्रिय स्वयंसेवक संघको भातृ संगठनका अध्यक्ष रघुनन्दन शर्मा, शिव सेनाका प्रतिनिधि मास्टर थापा, शिख, जैन, बुद्धिस्ट आदि सम्प्रदायका धर्मगुरुलगायतको सम्मेलनमा उपस्थिति रहने आयोजकले जनाएका छन् ।

सम्मेलनले हिन्दु धर्ममा देखिएका विकृति, संविधानमा धर्म निरपेक्षतालगायतका विषयमा छलफल गरी धर्मगुरुहरुबाट निचोड निकालिने आयोजकले जनाएका छन् ।  सम्मेलनमा नेपालबाट तीन र भारतबाट एउटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment