Comments Add Comment

महाअभियोग प्रस्तावबारे माओवादीले कांग्रेससँग छलफल गर्ने

maoist-hq-meeting

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको छ ।

कांग्रेससँग छलफल नै नगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिलेर माओवादीले महाअभियोग प्रस्ताव दर्ता गराएको थियो ।

कांग्रेससँग प्रयाप्त छलफल नगरेको आरोप लागिरहेका बेला विहीबार बिहान बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले कांग्रेससँग छलफल गर्ने निर्णय गरेको हो ।

महाअभियोग प्रस्ताव संसदबाट पारित गराउन कांग्रेससँग छलफल गर्ने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई जानकारी दिइन् । उनले प्रस्ताव पारित गराउन सभामुख ओनसरी घर्तीसँग पनि छलफल गरिने बताइन् ।

महाअभियोग प्रस्ताव संसदबाट पारित हुन दुई तिहाई मत चाहिन्छ । एमाले र माओवादीका १५७ सांसदहरुले बुधबार अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्ता भएसँगै लोकमान स्वतः पदबाट निलम्बित भएका छन् ।

हेडक्वाटर बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले महाअभियोग प्रस्तावबारे दलहरुसँग प्रयाप्त छलफल गर्न नभ्याएको धारणा राखेको एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस् 

लोकमानलाई जोगाउन देउवामाथि दबाव, कांग्रेसले के गर्ला ?

अख्तियारभित्रै लोकमानको मुद्दा १२ वर्षसम्म गुपचुप !

लोकमान कसरी चार दल र खिलराजका साझा भएका थिए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment