Comments Add Comment

अख्तियार प्रमुखको कुर्सीमा दीप बस्न्यात

४ कात्तिक, काठमाडौ । लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव गर्दा भएर उनी निलम्बित भएसँगै आयुक्त दीप बस्न्यातले विहीबारदेखि कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

deep-basnet1अख्तियार प्रवक्ता गणेश कार्कीका अनुसार प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थालेका हुन् ।

अनलाइनखबरको जिज्ञासामा प्रवक्ता कार्कीले भने, संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था छ, संवैधानिक आयोग संविधानअनुसार नै चल्छ ।’

आयुक्त दीप बस्न्यातले आजैबाट काम थालेको प्रवक्ता कार्कीले  बताए ।

को हुन् दीप बस्न्यात ?

दीप बस्न्यात निजामति सेवामा सचिवबाट अवकाश पाएका व्यक्ति हुन् । निजामति सेवामा रहँदा अतिरिक्त कमाउ हुने कार्यालय भनेर चिनिएका कार्यालयहरुमा बसेका बस्न्यात आफ्नो सेवाकै अवधिमा अख्तियारको छानविनमा परेका थिए ।

हेर्नुहोस् प्रमाण ( अख्तियारभित्रै लोकमानको मुद्दा १२ वर्षसम्म गुपचुप ! )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment