+
+
Shares

कांग्रेस सांसद भन्छन्- महाअभियोग प्रस्तावमा म किन छुटेछु ?

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते १२:५५

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको कांग्रेसले समर्थन गर्नुपर्ने बताएका छन् ।

Dhanraj-Gurungएमाले र माओवादीका १५७ सांसदले बुधबार कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

तर, कांग्रेसले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन । अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस संसद गुरुङले कांग्रेसकै नेतृत्वमा महाअभियोग प्रस्ताव दर्ता भएको भए राम्रो हुन्थ्यो भनेका छन् ।

आफूले एमाले प्रमुख सचेतक भानुभक्त ढकाललाई पार्टी अध्यक्ष केपी ओलीसँग कुरा गर्न आग्रह गरेको र नागरिक समाजका अगुवालाई ओली र कांग्रेस नेता रामचन्द्र पौडेल कहाँ पठाएको उनले दाबी गरे ।

नेता गुरुङले भने, ‘यो ठाउँमा पुग्नै पर्थ्यो । तर, अन्तिममा आएर छुट्दा किन छुटेछु भन्ने भएको छ ।’

लोकमान व्यक्ति नभई प्रवृत्ति भएको भन्दै उनले यसविरुद्ध कांग्रेस उभिनु पर्नेमा जोड दिएका छन् । वीपीले आफ्नै मन्त्रीविरुद्ध छानविन गरेको स्मरण गर्दै उनले भने, ‘लोकमान प्रवृत्ति भनेको विकृति विसंगती हो र, कांग्रेस केन्द्रीय समितिले त्यसविरुद्ध उभिने निर्णय गर्छ भन्ने विश्वास छ ।’

महाअभियोगको विपक्षमा उभिए कांग्रेसका लागि घातक हुने भन्दै उनले कांग्रेसका शीर्ष नेताहरु लोकमानको पक्षमा उभिए दबाव दिने बताए । उनले भने, ‘यो मोडालिटीमा जानुपर्छ भन्ने मलाई लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?