Comments Add Comment

सभामुख घर्तीको जेनेभा भ्रमण स्थगित

Onsari-Gharti

४ कात्तिक, काठमाडौं । सभामुख ओनसरी घर्तीको जेनेभा भ्रमण स्थगित भएको छ । अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन सभामुख घर्ती शुक्रबार जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित गरेकी हुन् ।

नेताहरुबीच छलफल आवश्यक रहेको भन्दै विहीबार बस्ने भनिएको संसद बैठकसमेत बस्दै नबसी स्थगित भएको छ । विहीबारको बैठकमा कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment