
४ कात्तिक, काठमाडौं । महाअभियोग सिफारिस समितिको पहिलो बैठक विहीबार बस्दै छ । समितिको बैठक अपरान्ह साढे तीन बजे सिंहदरवारमा बस्न लागेको हो ।
संविधान जारी भएको एक वर्ष पछि बुधबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन भएको थियो । समितिको अध्यक्ष चयन नभइसकेकाले पहिलो बैठक जेष्ठ सदस्य कुमारी लक्ष्मी राईको अध्यक्षतामा बस्ने छ ।
सो बैठकले समितिको अध्यक्ष चयन गर्ने समिति सदस्य एवम् राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरलाई जानकारी दिए ।
‘पहिलो बैठकमा अध्यक्ष चयन गर्नेबाहेक केहि हुँदैन,’ गिरीले भने ।
समितिमा कांग्रेस र एमालेका ४-४, माओवादी केन्द्रका दुई र राप्रपा नेपालका एक सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4