+
+

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १७:५६

१२ पुस, काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ । त्यहाँको विपक्षी दलले विहीबार दर्ता गरेको महाअभियोग प्रस्ताव शुक्रबार भएको मतदानबाट पारित भएको हो ।

महाभियोग प्रस्तावमा कुल १९२ सांसदले मतदान गरेका छन्। प्रस्ताव पारित गर्न १५१ भन्दा बढी भोट आवश्यक थियो।
योसँगै उपप्रधानमन्त्री र अर्थ मन्त्री छोई साङ-मोकले कार्यवाहक राष्ट्रपतिको भूमिका सम्हाल्ने बताएका छन् ।

पूर्व राष्ट्रपति युन सुक-योलले छोटो समयका लागि घोषणा गरेको सैनिक शासनले ल्याएको गहिरिँदो राजनीतिक संकटका बीच यसले थप अप्ठ्यारा थपिएका छन् ।

कुनै नेताले कार्यवाहक राष्ट्रपतिका रूपमा काम गर्दा महाभियोगको सामना गर्नुपरेको यो पहिलोपटक हो ।

अब कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्धको महाभियोगलाई संविधान अदालतबाट पुष्टि गर्न आवश्यक छ। अदालतले यस महाभियोगलाई कायम राख्ने वा खारेज गर्ने निर्णय गर्नका लागि १८० दिनको समय पाउनेछ।

शुक्रबार, कार्यवाहक राष्ट्रपति हान डक-सूले भने, ‘म नेशनल एसेम्बलीको निर्णयको सम्मान गर्दछु, र म संविधान अदालतको निर्णयको पर्खाइमा छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?