४ कात्तिक, काठमाडौं । केहि समयअघिदेखि काठमाडौं-कोलम्बो सिधा उडान सुरु गरेको हिमालय एयरलाइन्सले कोलम्बो घुम्न चाहने नेपाली पर्यटकका लागि टिकट दरमा अफर योजना सार्वजनिक गरेको छ ।
एयरलाइन्सले जाडोको मौसममा परिवारसहित काठमाडौंबाट श्रीलंकाको राजधानी कोलम्बो घुम्न जानेहरुलाई दुईतर्फी भाडादर ३५ हजार १ सय ५२ प्रतिव्यक्ति तोकेको छ ।
यो भाडादरमा कर भने नजोडिएको कम्पनीले जनाएको छ । यस अफर योजनामा भाग लिन परिवारमा कम्तिमा पनि दुई जना सदस्य हुनुपर्ने एयरलाइन्सले जनाएको छ ।
यो योजना अन्तर्गत कात्तिक १४ गतेबाट पुस १६ गतेसम्म टिकट खरीद गरीसक्नु पर्नेछ । एयरलाइन्सले अहिले साताको दुई दिन मंगलबार र शनिबार उडान भर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4