+
+
Shares

महाअभियोगबारे पार्टीमा छलफल गर्छु भनेको थिएँ, दर्ता भइसकेछः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते १४:४८

congress-leader

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपूर्व प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग छलफल गरेको स्वीकार गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई विहीबार सम्बोधन गर्दै देउवाले महाअभियोगबारे पहिला छलफल नभएको बताए । तर, बुधबार संसद बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रचण्ड र ओलीले आफूसँग सामान्य छलफल गरेको देउवाले बताए ।

‘मैले पार्टीमा छलफल गर्छु भनेको थिएँ । तर, दर्ता भइसकेछ,’ बैठकमा देउवाले भनेका छन् ।

बैठकमा अहिले नेताहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । र, धेरै नेताहरुले अख्तियार प्रमुख कार्कीले अदालतको समेत अपहेलना गरेको भन्दै पार्टीले ठोस निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?