४ कात्तिक, काठमाडौं । रोडा ढुंङ्गा तथा क्रसर उद्योग संचालन गर्ने सम्वन्धमा रहेको विद्यमान मापदण्डलाई पुनरावलोकन गरिने भएको छ ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीज्यूको संयोजकत्वमा उद्योग मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, स्थानीय विकास मन्त्री, वन मन्त्री र जनसंख्या तथा वातावरण मन्त्रीको उपस्थितीमा बसेको बैठकले वर्तमान मापदण्डलाई पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
यसका लागि उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, वन मन्त्रालयका सहसचिव, स्थानीय विकास मन्त्रालयका सहसचिव, जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव र खानी तथा भूगर्भ विभागका महानिर्देशक रहेकोे एक समिति गठन गरिएको छ ।
समितिले २ हप्ता भित्र वातावरणिय प्रभावलाई समेत ध्यानमा राखि वर्तमान मापदण्ड माथि पुनरावलोकन गरी प्रतिवेदन पेश गर्नेछ ।