+
+
Shares

प्रधानमन्त्री प्रचण्डको गुनासोः खुकुरीको धारमा हिड्नु परेको छ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ५ गते १७:२६

pushpa-kamal-dahal-prachand

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले खुकुरीको धारमा हिँड्नु परेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र र विद्रोही माओवादीबीचको पार्टी एकता सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा जस्तो सजिलो नभएको बताए ।

आफूले माओवादीहरुलाई एकतावद्ध गरेको र सन्तुलित विदेश नीति लिन खोजेको तर, यो राजामहाराजा र पुराना संसदवादी दलहरुलाई सही नसक्नु भएको उनले बताए । आफ्नो सरकार बनेको दिनदेखि नै झुटा प्रचार र षड्यन्त्र सुरु भएको भन्दै उनले भने, घेराबन्दी राम्रो छैन ।’

पैसा नपठाई नेता गाउँ नजाने भए

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीका धेरै नेता काठमाडौंमा बसेर मन्त्रालय धाइरहेको आफूले सुनेको बताए ।

उनीहरु भनेको भरमा गाउँ नजाने भन्दै उनले भने, ‘कसरी गाउँ पठाउने भन्दा पैसा गाउँगाउँमा पठाइदिने । त्यसपछि साथीहरु दौडिएर जान्छन् र चुनाव पनि जितिन्छ ।’

बाटोघाटो, पुल बनाउन अहिलेसम्मकै सबैभन्दा धेरै रकम गाउँमा पठाउन लागेको उनले दाबी गरे । प्रधानमन्त्री प्रचण्डले बजेट परिमार्जन वा पुरक बजेट ल्याएर भएपनि सरकार र पार्टीलाई उत्पीडित वर्ग समुदायतिर केन्द्रित गर्न खोजेको उनले सुनाए ।

म भाग्यमानी मान्छे

प्रधानमन्त्री प्रचण्डले आफू भाग्यमानी मान्छेभित्र पर्ने बताए । १० वर्षे विद्रोह, शान्ति प्रक्रियाको नेतृत्व गर्ने र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर आफूले पाएको भन्दै उनले आफैंललाई भाग्यमानी भने । अहिले फेरि माओवादीहरुको एकता गर्ने र प्रधानमन्त्री हुने अवसर पाएको भन्दै उनले अघि भने, मेरो ठूलो जिम्मेवारी छ ।’

यद्यपि अहिले विगतमा जस्तै जनताको बलिदानबाट प्राप्त उपलब्धी नेताहरुले संस्थागत गर्न नसक्ने हो कि भन्ने आशंका रहेको बताए । प्रधानमन्त्री प्रचण्डले संविधानको स्वीकार्यता बढाउने र कार्यान्वयन गर्ने आफ्नो सरकारको चुनौती भएको बताए ।

साथै माओवादीलाई देशको पहिलो पार्टीका रुपमा स्थागित गर्नु अर्को चुनौती भएको उनले बताए ।

कार्यक्रममा वैद्य माओवादीबाट नेता शिव कट्टेल, राप्रपाबाट नेता एवं पूर्वमन्त्री नरबहादुर बुढाथोकी, नेकपा मालेबाट रबिन्द्र थापा लगायत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?