+
+

पर्दामा आमा बन्न तयार छैनन् मेलिना

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ५ गते १५:५३

melina-manandhar-2
नायिका मेलिना मानन्धर लामो समयपछि चलचित्र ‘रोमियो’ मार्फत पर्दामा र्फकदैछिन् । कुनै समय मेलिनाको सुन्दरता र अभिनयको खुबै तारिफ हुन्थ्यो । हुनत, उनले आज पनि फिगर मेन्टेन गरेकी छिन् । कुनै नयाँ नायिका भन्दा मेलिनाको फिगर कम लाग्दैन ।

लामो समय हराएपछि पुराना नायिकाहरु चलचित्र फर्कदा दा आमाको भूमिका गर्न तयार भएका उदाहरण धेरै छन् । तर, नायिका मेलिना मानन्धर भने आफू तत्काल पर्दामा आमा नबन्ने बताउँछिन् । उनले लामो समयपछि फर्कदा अब आमाको भूमिका पनि गर्न नायिकाहरु तयार हुन्छन् भन्ने सोच धेरैमा रहेको भन्दै आफू भने यस्तो भूमिका अहिले नै नगर्ने बताइन् । melina-manandhar-3
मेलिनाका अनुसार छोरीलाई हुर्काउनु परेका कारण उनी पर्दामा नदेखिएकी हुन् । तर, अब चलचित्र नखेली के गर्नु भन्दै उनी पर्दामा आउन तयार भएकी छिन् । कुनै समय खुबै रुचाइएकी यी एक छोरीकी आमालाई अब दर्शकले कसरी हेर्छन्, समयले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?