Comments Add Comment

कक्षा १२ सम्म संस्कृत भाषा अनिवार्य माग

५ कात्तिक, काठमाडौं । आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ ।

विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पुर्याइनु पर्नेमा जोड दिएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालाले संस्कृत भाषामा भएका ज्ञानविज्ञानको सबैले उपयोग गर्न पनि संस्कृत भाषा सबैका लागि हुनुपर्ने बताए ।

सम्मेलनले विश्वविद्यालयका कुलसचिव कार्तिकेय झाले प्रस्ताव गरेको नौसूत्रीय घोषणापत्र पारित गरेको आयोजक समितिका संयोजक डा माधवप्रसाद उपाध्यायले बताए ।

नौसूत्रीय प्रस्तावमा संस्कृत भाषामा भएका आचार, मानवकल्याण, पर्यावरण संरक्षण र स्वास्थ्यका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने, संस्कृत पठनपाठनको व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गर्नुपर्ने, भाषा, धर्म, संस्कृतिसम्बन्धी नीति निर्माण र निर्णय प्रक्रियामा संस्कृतका विद्वान्लाई समावेश गर्नुपर्ने र संस्कृत भाषाका विशिष्ट ग्रन्थलाई पुनःप्रकाशन गराउन सरकारसँग माग गर्नुपर्ने लगायत बुँदा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment