+
+
Shares

महाअभियोग अघि बढ्यो, चलखेल असम्भव: सभामुख

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ७ गते १४:२४

७ कात्तिक, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्ताव अघि बढिसकेको भन्दै चलखेल असम्भव भएको बताएकी छन् ।

Onsari-Ghartiआइतबारको संसद बैठकले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफलका लागि मंगलबारको समय तोकेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले कांग्रेसले समय मागेको बताइन् । कांग्रेसले आफ्नो पार्टीको बैठक रहेको भन्दै दुई दिन कटाएर बैठक राख्न भनेको तर, नियमावली अनुसार नमिल्ने भएकाले भोलि अबेर बैठक राखेको उनले बताइन् ।

सभामुख घर्तीले संसदको प्रक्रिया अघि बढिसकेको भन्दै अब चलखेल सम्भव नभएको बताइन् । उनले भनिन्, ‘प्रस्तावकले नै प्रस्ताव फिर्ता लिनुभयो भने अर्कै कुरा हो ।’

संसदमा छलफलपछि महाअभियोग सिफारिस समितिले एक साताको समय पाउने भन्दै सभामुख घर्तीले एक महिनाभित्र संसदले निर्णय दिइसक्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?