Comments Add Comment

काठमाडौं उपत्यकालाई मेगासिटीको रुपमा विकास गर्न प्रस्ताव

kathmandu-megacity-proposal
प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव राख्दै सगरमाथा आरोही कृष्ण केसी । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

७ कात्तिक, काठमाडौं । पूर्वसभासद दीलिप महर्जन र सगरमाथा आरोही कृष्ण केसी नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काठमाडौं स्याटलाइट मेघासिटी निर्माण गर्न आग्रह गरेको छ । टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई सिंहदरवारमा भेटेर बृहत र एकीकृत स्याटलाइट मेगासिटीको प्रस्ताव पेश गरेको छ ।

प्रस्तावमा काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत विकास विकास योजना छ । साथै महाभारत पर्वतमालामा पर्यटन चक्रपथ र त्यसको बेसीमा पर्यटन नगर विकास गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावमा भूकम्पपछिको पुनर्निर्माण र नवनिर्माणका लागि काठमाडौं उपत्यकाबाट महाअभियान घोषणा गर्न, राजधानी विकास बोर्ड गठन गर्न, राष्ट्रव्यापी होमस्टे निर्माणको थालनी गर्न, विश्व अनुसन्धान केन्द्र र पर्यटन विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । यी सबै प्रयोजनका लागि आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत र व्यवस्थित विकासमा सकारात्मक सहयोगका लागि सरकार तयार रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘राजधानीको व्यवस्थित विकासका लागि काठमाडौं, ललितपुर र भक्तपुरको बृहत योजना र एकीकृत विकास आवश्यक छ । यसबारे मैले पहिलेदेखि नै चासो राख्दै आएको छु,’ प्रधानमन्त्रीले भने, ‘तपाईंहरुले प्रस्तुत गर्नुभएको अवधारणा मौलिक र नयाँ पनि छ । सबै पक्षसँग बृहत अन्तरक्रिया गरेर अगाडि बढ्नुस्, सरकार सकारात्मक सहयोगका लागि सधैं तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment