Comments Add Comment

घरको नक्सामा कला देखाउन नपाएको धिरजको गुनासो

dhiraj-raiकाठमाडौं । गायनमा मात्रै सिमित छैनन् धिरज राई । आर्किटेक्चर ओभरसियर समेत रहेका राई संगीतको अतिरिक्त घरको नक्सा बनाउने काममा ब्यस्त छन् अचेल ।

‘म संगीतमा मात्रै सिमित छैन कन्सलटेन्सीको काममा पनि सक्रिय छु ।’ अनलाइनखबरसँग कुरा गर्दै धिरजले भने । एडभान्स इन्जिनीयरिङ कन्सलटेन्सीका सञ्चालक समेत रहेका धिरजले अहिलेसम्म चारसयको हाराहारीमा आधुनिक घरका नक्सा कोरिसकेका छन् ।

उनी पहिलो प्राथमिकता संगीतलाई दिन्छन् भने त्यसपछि नक्सा कोर्ने कामलाई । ‘सांगीतिक कामवाट उप्रेको समय म नक्सा कोरेर बिताउँछु ।’ उनले भने ।

अहिले घर निर्माणको सिजन हो तर, बिगतमा जस्तो कामको चापाचाप छैन । कतिपय नगरपालिकाले घर निर्माणका लागि स्वीकृत नदिएकाले पनि अहिले ओभरसियर र इन्जिनियरको काम कम भएको अनुभव गरेका छन् उनले ।

उनी आफुले पनि पुरानै काम गरेको बताए । ‘नयाँ काम खासै आएको छैन पुरानै काम गरेर बसिरहेको छु ।’

काठमाडौको नक्सा कला बिहीन

काठमाडौका घरको नक्सा सबै भन्दा निरश हुने धिरजको भनाई छ । उनको अनुभवले भन्छ । काठमाडौंमा घर बनाउन चाहनेहरुले सकेसम्म थोरै जग्गामा धेरै कोठा बनाउन चाहन्छन् । उनी भन्छन् ‘थोरै जग्गामा धेरै कोठा बनाउन पर्ने भएपछि कला देखाउन पाइन्न ।’

उनको आफ्नै घर भएको क्षेत्र अनानगरमा मात्रै ५० भन्दा बढी घरको नक्सा बनाए । तर, ति नक्सामा खुलेर कला भर्न नपाएको गुनासो गरे । ‘वास्तवमै कलायुक्त घर बनाउन जग्ग्ाा पनि धेरै चाहिन्छ । तर, काठमाडौंमा असाध्यै थोरै जग्गामा घर बनाउनुपर्छ ।’ उनले भने ।

विदेशमा बसेका धेरै नेपालीसंग संगत छ धिरजको अधिकांश काम तिनै मान्छेहरुको गर्ने गरेका छन् उनले । उनको टिमले अहिले उदयपुरमा एउटा सपिङ मल बनाउदै छ । अहिलेसम्म काम गरेको मध्ये त्यहि महल नै सबै भन्दा चित्त बुझ्दो भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment