Comments Add Comment

सविन श्रेष्ठको ‘आजको डायरी’: २ घन्टा जीमदेखि चलचित्रको काम

sabin-aaja-ko-diary
सुटिङ वा अरु कुनै काम नभएको खण्डमा म सधै नै बिहान ८ बजे उठ्छु । आज पनि बिहान ८ बजे उठेर फ्रेस भएँ । यसपछि, बिहानको व्रेकफास्टको रुपमा उसिनेको अण्डा खाएँ, चिया पिएँ । म बिहान सधै नै प्रोटिन खान्छु ।

यसपछि गाडी चढेर गौशालामा रहेको इन्द्रेणी कम्प्लेक्समा पुगेँ । त्यहाँ मेरो चलचित्र ‘हिरो रिटन्र्स’का निर्माता चन्द्र गौतम र नायक दिल श्रेष्ठ पनि आउनुहुन्छ । कफि पिएर करिब २ घन्टा जीम गरेँ । जीम मेरो लागि विशेष छ । जीम विना म कुनै पनि दिन बस्न सक्दिनँ ।

करिब २ घन्टा जीम सकेर विशाल सिमेन्टका संचालक अमित श्रेष्ठलाई भेटेँ । उहाँसँग व्यवसायिक काम थियो । १ घन्टा मिटिङ सकेर घर फर्किएँ र खाना खाएँ । यसपछि, निर्माता गौतम र म डीसीएन पुग्यौं ।

डीसीएनमा १ घन्टा मिटिङ सकेर फेरि घर फर्किएँ । घर आएर फ्रेस भएपछि जमलमा रहेको म्याजिक स्टूडियो पुगेँ । त्यहाँ मेरो चलचित्र ‘हिरो रिटन्र्स’को सम्पादनको काम भैरहेको छ । लक्ष्मीपूजाको दिन चलचित्रको टिजर निकाल्ने कुरा छ । यसैले पनि काम अगाडि बढिरहेको छ ।

त्यहाँ केही समय बसेर म नक्साल पुगेँ । नक्सालमा गाडी धुन दिएर फेरि एउटा स्टूडियो पुगेँ । जहाँ, चलचित्रको एक्सनको लागि प्रयोग भएको वायर काट्ने काम भैरहेको छ । त्यही खाजा खाएँ, काम गरेँ । यसपछि घर आएर ‘बेन्जो’ नाम हिन्दी चलचित्र हेरेँ । चलचित्र ठिकै लाग्यो । दाइकी छोरीलाई खेलौना मोबाइल किन्दिनु पर्ने थियो, सिटी सेन्टर गएर छोरीलाई खेलौना मोबाइल किनिदिएँ ।

अहिले घरमै आराम गरिरहेको छु । अब बेलुकी फेरि प्रोटिन खान्छु अनी सामान्य खाना खान्छु । बेलुका प्रायः युटुबमा चलचित्र हेर्ने बानी छ मेरो । चलचित्र हेरेर सुत्दा सधै नै ११ बज्छ ।

आजको दिनलाई म ५ मा ३ मात्र दिन्छु । सबै काम त भयो तर आधा मात्र । काम सोचेजस्तो हुन सकेन । अहिले त मलाई दिन छोटो हुन थालेको आभाष हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment