आज बलिउडका सर्वाधिक सफल जोडीको रुपमा परिचित नायक साहरुख खान र डिजाइनर गौरी खानको बिबाह भएको २५ बर्ष पुगेको छ । साहरुख र गौरी २५ बर्षे वैवाहिक यात्रामा विश्वभर उदाहरण समेत बनेका छन् ।
बलिउडमा थुप्रै जोडीको बैबाहिक जीवन डिभोर्समा पुगेर टुङ्गीएको अवस्थामा साहरुख र गौरी २५ बर्षदेखि एकसाथ सुन्दर जिन्दगी जिइरहेका छन् ।
तर, बलिउडमा सर्वाधिक धनी र चर्चित नायक साहरुख खानको नाम समय-समयमा विभिन्न नायिकासँग जोडिएको पाइन्छ । हुनत, यी कुराहरु पछि यसै सेलाएका छन् ।
पत्नी गौरी र साहरुखविच केही नायिकालाई लिएर घरमा समस्या उत्पन्न भएको पनि समाचार नआएका होइनन् । यस बिषयमा नायक साहरुख खानले मुख खोलेका छन् ।
साहरुखले मिडियासँगको कुराकानीमा भनेका छन्-‘विदेशका विभिन्न यूवतीसँग, पुरुषसँग वा नायिकासँग मेरो प्रेम चर्चा र मैले रात बिताएका चर्चाले मेरी पत्नी गौरीलाई कुनै पनि असर गर्दैन । किनकी, गौरीलाई थाहा छ कि, मसँग काम बाहेक अरु केही गर्ने समय नै छैन ।’
साहरुखले गौरीसँग बिहे गरेको २५ बर्ष पुगेको अवसरमा यस्तो बयान दिएका हुन् ।
प्रतिक्रिया 4