
२७ वैशाख, काठमाडौं । सैन्य विश्लेषक तथा ब्रिटेनका वायु सेवाका उपरथी सीन बेलले पाकिस्तान र भारत दुवै पक्ष परमाणु युद्धमा जान नचाहने विश्लेषण गरेका छन् ।
अलजजिरासँग कुरा गर्दै उनले दुवै पक्ष हालको तनावमा आफूहरू ‘अत्यन्त दृढ र नियन्त्रणमा रहेको देखिन चाहे’ पनि उनीहरू परमाणु युद्धमै भने जान नचाहिरहेको विश्लेषण गरेका हुन् । ‘सबैभन्दा महत्वपूर्ण कुरा उनीहरू युद्धमा जान चाहँदैनन्,’ उनले भने ।
युद्ध दुवै पक्षले चाहेजस्तो नहुने उल्लेख गर्दै उनले थपे, परमाणु युद्धमा कुनै पनि विजयी हुनेछैन ।’
भारत र पाकिस्तान दुवै परमाणु हतियारमा सम्पन्न छन् ।
‘कहिलेकाहीँ उनीहरूको रिपोर्टिङ्ग हाम्रो चाहनाभन्दा कम यथार्थपरक हुन सक्छ,” उनले अघिल्ला लडाइँहरूको सन्दर्भ स्मरण गर्दै भने ।
बेलका अनुसार, अहिलेको भिडन्त अघिल्ला भिडन्तहरूभन्दा ‘अझ हिंसात्मक’ देखिन्छ, जसमा दुवै पक्षले बढी मात्रामा हतियार प्रयोग गरिरहेका छन्।
उनले मोबाइल फोन र सामाजिक सञ्जालको विकासको कारण अहिलेको द्वन्द्व पहिलाजस्तो लुकेको नभई विश्व सामु छर्लङ्गै देखिएको समेत उल्लेख गरे ।
प्रतिक्रिया 4