Comments Add Comment

भारतस्थित नेपाली दूतावास मुनिबाट रेल चलाउन दिइएको अनुमति सम्बन्धी कागजात माग

Ambessy-of-Nepal-India
भारतस्थित नेपाली दूतावास

९ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली दूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न दिइएको अनुमति सम्बन्धी कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले नेपाल-भारत प्रबुद्ध समूहको गठन गर्दा उक्त समूहलाई प्रदान गरिएको कार्यादेशसहित कार्यप्रगतिको लिखित विवरण उपलब्ध गराउन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले सो विषयका लागि परराष्ट्र मन्त्रालयको स्पष्ट धारणा आवश्यक भएकाले आगामी बैठकमा अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिइएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावास भवन मुनिबाट छिन-छिनमा मेट्रो रेल दौड्ने गरेको छ । र, रेल आएपिच्छे भवन थर्किने गर्दछ । जसका कारण दूतावास भवन चर्किएर असुरक्षित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment