Comments Add Comment

वेश्यावृत्तिमा लगाउनका लागि छोरी जन्मिँदा खुसीयाली !

sonal

बदलिदो सामाजिक माहोलमा छोरी जन्मिएपछि खुसीयाली मनाउने नयाँ परम्परा सुरु भइसकेको छ । तर, गुजरातको वाडिया गाउँमा यो निक्कै पुरानो परम्परा हो ।

यसकारण होइन कि त्यहाँ महिलाको सम्मान दिइन्छ । त्यहाँ त यसकारण खुसीयाली मनाइन्छ कि उनले ठूलो भएपछि वेश्याबृतिको प्राथा अगाडि बढाउनेछिन् ।

यही गाउँमा जन्मिएकी र बेश्यावृतिको दलदलबाट बाँच्न सफल भएकी सोनललाई १२ बर्षको उमेरमै पहिलो पटक एक ग्राहकको जिम्मा लगाइएको थियो ।

अहिले २० बर्ष भएकी सोनल बीबीसीसँगको कुराकानीमा भन्छिन्, ‘जव मलाई पहिलो पटक कुनै ग्राहकसँग पठाइएको थियो त त्यतिबेला म मात्र १२ बर्षकी थिएँ । त्यसक्रममा मलाई केहि थाहा थिएन कि के गर्नुपर्ने थियो । मात्र यति थाहा थियो कि आमाले गरेको जस्तै गर्नुपर्छ । मैले सानैदेखि आमाले पनि यही गरेको देख्दै आएको थिएँ ।’

सोनलले यो पनि बताइन् कि उनी तीन कक्षा पढेपछि कहिल्यै बिद्यालय गइनन् । सोनलका अलावा उनका गाउँका उनकै उमेरका सबै किशोरीहरु अलग अलग ग्राहकको सन्तुष्ट पार्ने काम गर्थे ।

सोनल भन्छिन्, ‘मेरो जन्म यस्तो घरमा भयो कि जहाँ मेरी आमालाई थाहै छैन कि मेरा पिता को हुन् ? किनकि आमाको सम्बन्ध धेरै पुरुषहरुसँग थियो ।

सोनलका दुई भाइहरु छन् र उनीहरु सबैको भरणपोषणका लागि सोनलले पनि त्यहि गर्न थालिन् जुन उनकी आमाले गर्दै आइरहेकी थिइन् । सोनलको जिन्दगी पनि सायद आफ्नी आमाको जस्तै बित्नेथियो, यदि उनको भेट अनिल नामक ग्राहकसँग नभएको भए ।

badia
सोनलका अनुसार ‘अनिल हरेक साता मलाई भेट्न आउथ्यो । हामीबीच कुराकानी हुन थाल्यो र हामी प्रेममा पर्‍यौं । घरका मानिसहरुलाई हाम्रोबारे थाहा थियो तर, कसैले केहि भन्दैन थे किनकी उनले हामीलाई धेरै पैसा दिन्थे ।’

सोनलले यो पनि भनिन्कि त्यस दौरान एक धेरै उमेरका पैसावाला ग्राहक आए, जसले उनीसँग ‘रमाइलो’ गर्न चाहे । त्यसैले उनको परिवारले अनिलसँगको सम्बन्ध तोड्न दबाव दिइरहेका थिए ।

सोनल भन्छिन्, ‘म अनिलसँग भागेर अहमदावाद आएँ । त्यसपछि हामीले कोर्टमा विवाह गर्‍यौं । मेरो यो कदमपछि गाउँमा ठूलो होहल्ला भयो । परिवारले चाहेको थियो कि म घर फर्किउँ किनकि मेरो यही धन्दाले परिवार चल्थ्यो ।’

बाडियाको इतिहासमा पहिलो पटक कुनै युवतीले लभ म्यारिज गरेकी थिइन् । दलालहरुलाई डर थियो कि कतै सोनलजस्तै गरेर गाउँका अन्य केटीहरु पनि भाग्न थाले भने गाउँमा वेश्यावृतिको धन्धा मुस्किल हुनेछ ।

दलालहरुले सोनललाई कुनै हालतमा (जीवित वा मृत) गाउँमा फर्काउने प्रयास सुरु गरे । त्यतिनै बेला सोनलको जिन्दगीमा एक अर्को मोड आयो कि उनलाई थाहा भयो उनका श्रीमान अनिल विवाहित रहेछन् ।

सोनल भन्छिन्, ‘अनिल मसँग प्रेम गर्थे र यस धन्धाबाट बाहिर निकाल्नको लागि मसँग विवाह गरेका थिए । उनकी पत्नी उनीसँग छुट्टिएर बसेकी थिइन् तर सम्बन्ध बिच्छेद गर्न अस्वीकार गरिरहेकी थिइन् ।’

‘अनिलकी पहिली पत्नीलाई मेरो र अनिलको सम्बन्धको बारेमा कुनै समस्या थिएन तर म आफैलाई कसैको दोस्री श्रीमतीको रुपमा रहनु राम्रो लागिरहेको थिएन ।’ उनले भनिन् । यस्तो अवस्थामा एक सहायता संस्था ‘बिचरता समुदाय समर्थन मञ्च’का मित्तल पटेलसँग सोनलको सम्पर्क भयो ।

badia-gujrat-india

मित्तलले बीसीसीसँग भनेका छन्, ‘वाडियामा यस व्यवसायको रोक्न सकिदैन । किनकि त्यहाँ दलालहरुबाट निक्कै खतरा हुन्छ । मैले त्यहाँ स्वास्थ्य र शिक्षाजस्ता स्तरमा लामो समयसम्म काम गरेर मानिसको भरोसा जितेको छु ।’

मित्तलका अनुसार गाउँमा करीव ९० परिवार आफ्नी बच्चीहरुलाई यस धन्धाबाट जोगाएर शिक्षा दिइरहेका छन् । गाउँमा सन् २०१२मा पहिलो पटक विवाहको प्राथा सुरु गरियो र त्यहाँ विवाहित महिलालाई उनका पतिहरुले यस धन्धामा लगाउँदैनन् ।’

अहिले सोनल, मित्तलको सहयोगमा ब्युटी पार्लरको काम सिकिरहेकी छन् । उनी अनिलसँग प्रेम त गर्छिन तर, दोस्री श्रीमती हुन चाहिनन् । सोनलकी आमा र फुपुले अहिलेपनि उनलाई बोलाइरहेकी छन् तर, अब सोनल फेरि वेश्यावृतिको धन्धामा फस्न चाहदिनन् ।

मित्तलका अनुसार, ‘सोनललाई दलालहरुबाट निक्कै खतरा थियो त्यसैले यहाँका एक पत्रकारको सहयोगमा सोनलको तर्फबाट प्रधानमन्त्रीलाई खुला पत्र लेखियो । दिल्लीबाट यो पत्रको जवाफ आएको छ र त्यसपछि राज्यको गृह मन्त्रालयले सोनलको सुरक्षाको जिम्मा लिएको छ ।’

सोनल भन्छिन्, ‘गाउँमा १२ बर्षको उमेरकी एक बालिका त थुप्रै पटक एकै दिनमा ३०/३५ ग्राहकसँग सुत्नुपर्थ्यो तथा गर्भपतन जस्ता समस्या त सामान्य कुरा हुन्थ्यो । कुनै केटी मन पर्‍यो भने उसलाई आफुसँग राख्न पाइन्थ्यो र त्यसवापत परिवारलाई मासिक रकम बुझाउनुपर्थ्यो ।

सोनलका अनुसार, ‘थुपै्र केटीहरु त गाउँमा विवाह गरेपछि यो धन्दामा लाग्दैनन् । तर मेरो र मेरी फूपूको घर चलाउनका लागि मैले महिनाको ३० हजारसम्म कमाउथेँ ।’

सोनल चाहन्थिन् कि गाउँमा सानो उमेरका छोरीहरु यस धन्दामा संग्लग्न नहुन् । उनीहरुलाई थाहा पनि हुँदैन कि उसले के गर्नुपर्छ । सोनलले अडान लिएकी छन् कि ‘म आफ्नो खुट्टामा जव आफैं उभिने हुनेछु, तव त्यस्ता केटीहरुलाई पनि सहयोग गर्नेछु ।’

गुजरातका गृहमन्त्री प्रदीप सिंह जडेजाले बीबीसीलाई भने कि ‘सोनलको कथा अखवारहरुमा त आएकै थिए तर, उनको खुल्लापत्रमा लेखिएको तीतो सत्यले समाज र व्यवस्थाको अगाडि थुप्रै प्रश्नहरु पनि जन्माएका छन् ।

पुलिस कमिस्नर र बाँकी अधिकारीहरुका अनुसार सोनललाई कडा सुरक्षा दिइएको छ । गृहमन्त्री प्रदीप भन्छन्, ‘गृहमन्त्री तथा यस समाजको हिस्सेदार हुनुको नाताले मेरो जिम्मेबारी यो छ कि गाउँमा वेश्या व्यवशायमा फसिरहेका हरेक छोरीहरुलाई आफ्नो जिन्दगी बाँच्ने अवसर मिल्नुपर्छ ।’

उनी भन्छन्, ‘पुलिस बिभागको समाज सुरक्षा समितिको माध्यमबाट हामी वाडियामा रोजगारीको नयाँ बिकल्प, मानिसहरुको मानसिकतामा परिवर्तन र पुनर्वासको काम गर्न चाहन्छौं ।’

सदियौंदेखि सामाजिक अभिसाप ब्यहोरिरहेका छोरीहरुको जन्ममा भलै खुसीयाली मनाउने क्रम सुरु भएको छ । तर थाहा छैन सोनलजस्ती अरु कति छोरीहरु छन्, जसलाई यो पत्तो छैन आफ्नी छोरी जन्मिएकोमा खुसीयाली मनाउने कि नमनाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment