+
+
Shares

गगन थापाको प्रश्नः लोकमानलाई नियुक्त गर्दा हामी हारेको कोसँग ? (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते १८:५६

gagan-thapa

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं स्वास्थ्यमन्त्री गगन थापाले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको बताएका छन् ।

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै थापाले आफ्नो पार्टीमा कुनै हालतमा यस्तो गल्ती गर्नु हुन्न भन्दा भन्दै नियुक्ति भएको स्मरण गरे । त्यसबेला आफूसहितका नेताहरुले तत्कालीन सभापति र राष्ट्रपतिले हामी हार्‍यौं भनेको भन्दै उनले संसदमा प्रश्न गरे, ‘हामी हारेेको कोसँग हो ?’

यो लोकमान सिंह कार्कीसँग जोडिएको विषय मात्र नभई स्वाभामानसँग जोडिएको उनले बताए । उनले अघि भने, ‘जबसम्म हामीले कोसँग हारेको छाति पिटेर भन्न सक्दैन, तबसम्म जति संविधान बनाएपनि केही हुँदैन । त्यसकै वरिपरि घुम्छ ।’

गगन थापाको सम्बोधनको पूर्णपाठ पढ्नुहोस्
‘हुबर’ जस्ता लोकमानसँग हामी किन डरायौं ? कोसँग हार्‍यौं ?

हेर्नुहोस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?