Comments Add Comment

मस्ती टकः ‘म कति रोमान्टिक भन्ने मेरो पार्टनरलाई मात्र थाहा छ’: वेनिशा हमाल(भिडियो कुराकानी)

benisha-hamal
नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउने क्रममा छिन् नायिका वेनिशा हमाल । ठूला ब्यानर र राम्रा चलचित्र पाउन नसकेकी वेनिशाले अहिले भने केही आशातित प्रोजेक्ट पाएकी छिन् । अनलाइनखबरसँग ‘मस्तीको कुराकानी’ गर्ने क्रममा वेनिशाले व्यक्तिगत जीवन, प्रेमका कुरा गरिन् । उनले दुब्लाएको बिषयमा भनिन्-‘यो स्टोरीको डिमाण्ड नै हो ।

यसैले म दुब्लाएको हुँ ।’ म दुब्लाई त राख्दिन तर यसलाई नै मेन्टेन गर्छु’ । चलचित्र ‘स्वर’मा देखेकी जस्ती वेनिशा अहिले छैनन् । उनले सो समय आफ्ना लागि बच्चा उमेर भएकाले धेरै थाहा नभएको बताइन् । उनले यो समयको माग भएको बताइन् । वेनिशाले पहिरन छोटो हुनुको पछाडि गर्मीलाई नै दोष दिइन् ।

आफ्नो घरमा छोटा मात्र पहिरन भएको उनले सुनाइन् । वेनिशाले आफूलाई लक्की नायिका मान्न तयार भइनन् । तर, लक भन्दा पनि कर्ममा विश्वास गर्ने उनको वुझाई छ । कर्म गर्ने क्रममा मिहिनेत कम भएको हो कि भन्ने उनलाई लाग्छ । ज्योतिषलाई समेत हात हेराएको बताउने वेनिशाले औलामा २ वटा औठी लगाएकी छिन् ।

वेनिशासँग गरिएको मस्तीको भिडियो कुराकानी यहाँ हेर्नुहोस् । 


औठी लगाएपछि सकारात्मक कुरा दिमागमा बस्ने भएकाले पनि आफूमा परिवर्तन आएको भान हुने उनले सुनाइन् । आँखामा लेन्स लगाएको बिषयमा उनले कमजोरीका कारण लगाएको बताइन् ।

जीवनमा कति जनासँग व्रेकअप भयो भन्ने प्रश्नमा वेनिशाले धेरै जनासँग भयो भनिन् । साथी भाइदेखि पारिवारिक रुपमा पनि व्रेकअप हुने उनको भनाई छ । तर, प्रेममा भने एक जनासँग मात्र व्रेकअप भएको उनले सुनाइन् । ब्रेकअप किन हुँदो रहेछ भन्ने प्रश्नमा वेनिशाले रमाइलो उत्तर दिदै भनिन्-‘आफू मात्र राम्रो भएर के गर्नु, अगाडिको मानिस पनि राम्रो हुनुपर्ने रहेछ ।’

तपाई कति रोमान्टिक हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्-‘म कति रोमान्टिक छु भन्ने कुरा मेरो पार्टनरलाई मात्र थाहा छ । तपाइलाई किन भन्ने ।’ अनलाइनखबरसँग ‘मस्तीको कुराकानी’ गर्ने क्रममा निकै खुलेर कुरा गरेकी वेनिशाले काठमाण्डौको बसाई महंगो भएपनि कमाई राम्रै भएको सुनाइन् । म्यूजिक भिडियो र इभेन्टबाट राम्रै आम्दानी गरेको उनको भनाई छ । ‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी वेनिशा करिअरलाई लिएर आशावादी देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment