१० कात्तिक, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २०औं वाषिर्क साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १४.२१ प्रतिशत लाभांस पारित गरेको छ ।
फाइनान्सले आर्थिक वर्ष ०७२/७३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४.२१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीको चुक्ता पुँंजी ५५ करोड ७४ लाख २० हजार रुपैयाँ छ । साधारणसभाले चुक्ता पुँजीको १५.५ प्रतिशत हकप्रद सेयरसमेत जारी गर्ने निर्णय गरेको छ ।
फाइनान्सको हाल काठमाण्डौं, पोखरा र तनहुँमा गरी ६ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा थप ३ शाखा खोल्ने योजना रहेको फाइनान्सका सीइओ राजकुमार गुरुङले जानकारी दिए ।
यस अवधिमा फाइनान्सले ३ अर्व ८ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्व ८० करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4