+

राँची वनडेमा न्यूजिल्याण्डले भारतलाई हरायो

२०७३ कात्तिक  ११ गते ७:३४ २०७३ कात्तिक ११ गते ७:३४
राँची वनडेमा न्यूजिल्याण्डले भारतलाई हरायो

india-v-new-zealand११ कात्तिक, काठमाडौं । राँची वनडेमा न्यूजिल्याण्डले भारतलाई १९ रनले हराएको छ र पाँच एकदिवसीय श्रृखलामा २-२ को बराबरी गरेको छ ।

चौथो एकदिवसीयमा जितका लागि २६१ रनको लक्ष्य पछ्याएको भारतीय टिम ४८.४ ओभरमा २४१ रन बनाएर आलआउट भयो । उसका लागि अजिन्क्या रहाणेले सर्वाधिक ५७ रन बनाए ।

विराट कोहलीले ४५ रन जोडे भने अक्षर पटेलले ३८ रनको योगदान दिए । न्यूजिल्याण्डका टिम साउदीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउर २६० रन बनाएको थियो ।

उसका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ७२ रजन बनाए । कप्तान केन विलियम्सनले ४१ रन जोडे । एक समय न्युजिल्याण्डको स्कोर ३५ ओभरमा २ विकेटको क्षतिमा १८४ रन थियो । तर, भारतीय बलरहरुको कसिलो  बलिङका कारण अन्तिम १५ ओभरमा मात्र ७६ रन जोड्न सक्यो ।

स्पिनर अमित मिश्राले १० ओभरमा ४२ रन दिएर दुई विकेट लिए भने अक्षर पटेलले ३८ रन दिएर एक विकेट हात पारे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय