Comments Add Comment

रणवीरसँगको व्रेकअपको बिषयमा दीपिकाको यस्तो बयान

ranbir sing and deepika padukone
नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह ३ बर्षदेखि प्रेममा छन् । तर, आजसम्म यो जोडीले प्रेम स्विकार गरेको भने छैन । यी दुइविच बिहे हुन लागेको, इन्गेजमेन्ट भएको खबर सार्वजनिक भैसकेका छन् । तर, यी सबै खबर गसिप मात्र रहेको पुष्टी भैसकेको छ । अहिले बलिउड बजारमा दीपिका र रणवीरविच व्रेकअप भएको खबर पनि आइरहेको छ ।

केही दिनदेखि यो खबरले मिडिया तताएको छ । खबर सार्वजनिक भैरहेको समयमा दीपिकाले ब्रेकअपको बिषयमा मुख खोलेकी छिन् । तर, उनले ब्रेकअप भएको हो या होइन भन्ने बारेमा केही बोलेकी छैनन् । दीपिकाले भनेकी छिन्-‘म यस्तो केही पनि गर्न गइरहेकी छैन ।

किनकी, गर्नका लागि केहि पनि छैन । म यस्ता खबरको बारेमा जानकारी राख्छु र मलाई थाहा छ यो बिषयमा के र कति बोल्नुपर्छ । हेर्नुहोस्, तपाई त्यही मात्र काम गर्न सक्नुहुन्छ, जुन तपाइको अधिनमा छ ।’

दीपिकाले अगाडि भनेकी छिन्-‘ब्रेकअपको खबर यस्तो एउटा बिषय हो, जुन बलिउडमा रहेर सामना गर्नुपर्दछ । हामीलाई चलचित्रमा काम गर्दा सफलता र माया खुबै मिल्छ । यसैले, यस्ता समाचारले खासै अर्थ राख्दैन ।’ रणवीर र दीपिकाले काम गरेको चलचित्र ‘रामलिला र बाजिराओ मस्तानी’ खुबै हिट भएको थियो । यसपछि, यी दुइको प्रेम अझ प्रगाढ बनेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment