+
+
Shares

जासुसको आरोपमा पाकिस्तान उच्चायोगका एक कर्मचारी भारतमा पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ११ गते १२:०५

११ कात्तिक, काठमाडौं । भारतीय प्रहरीले पाकिस्तान उच्चायोगका एक कर्मचारीलाई जासुसको आरोपमा पक्राउ गरेको छ । दिल्ली पुलिसको अपराध शाखाले महमुद अख्तर नामक कर्मचारीलाई हिरासतमा लिएको हो ।

pakistan-flagयसअघि भारतले पाकिस्तानी उच्चायुक्त अब्दुल बाशितलाई फिर्ता पठाइदिएको थियो ।

उच्चायोगका कर्मचारी अख्तरलाई दिल्लीबाट सुरक्षा मामिला सम्बन्धी केही दस्ताबेजसहित हिरासतमा लिइएको र सोधपुछका लागि चाणक्यपुरीस्थित कार्यालयमा लगिएको भारतीय समाचार एजेन्सी पिटीआईले जनाएको छ ।

उनीमाथि जासुसी गरेको र सुरक्षासँग सम्बन्धित सूचनाहरु चुहाएको आरोप लगाइएको छ ।

यद्यपी पाकिस्तानको उच्चायुक्तले यसको पुष्टि गरेको छैन । पाकिस्तान उच्चायोगका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै यसबारे जानकारी नभएको र बुझ्ने क्रम जारी रहेको बताए ।

सञ्चारमाध्यमहरुका भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा भिडन्त जारी छ । भिडन्तमा दुबै तर्फका व्यक्तिहरुको मृत्यु भइरहेको छ । भारत प्रशासित कश्मिरको उडी भन्ने स्थानमा आतंकवादी आक्रमण हुँदा १९ भारतीय सैनिक मारिएका थिए । सो घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध नराम्रोसँग बिगि्रएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?