Comments Add Comment

ठमेलको अड्डामा प्रहरीको छापा, १३ जुवाडे पक्राउ

juwade
१२ कात्तिक, काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौं चल्ने जुवा अड्डा माथि प्रहरीले कारबाही तीव्र बनाएको छ । यसक्रममा ठमेलको एक जुवा अड्डाबाट १३ जुवाडे रंगेहात पक्राउ परेका छन् ।

सोह्रखुट्टे बृतको टोलीले ठमेलको एक होटलमा छापा मार्दा १३ जना जुवाडेहरु पक्राउ परेका हुन् । ठमेल स्थित होटल नेपाललयमा संचालित जुवाअड्डाबाट होटल संचालक धादिङ फुखर्कका ध्रुब अधिकारी सहित १३ जना पक्राउ परेका हुन् ।

लैनचौर प्रहरी बृतका डीएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अधिकारीले आफ्नो होटलमा लामो समयदेखि जुवा अड्डा चलाउँदै आएका थिए ।

बिहीबार छापा मार्दा ६ लाख नेपाली रुपैयाँ , १ लाख जापनिज ऐन , २ सय २० अष्ट्रेलियन डलर र ७ सय २५ अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बिहीबार राति साढे ११ बजे जुवाडेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मिलन थापा , रसुवाका प्रकाश अधिकारी , गोरखाका रामप्रसाद सिंखडा, धादिङ फुलखर्ककै सन्तोष अधिकारी लगायत छन ।

होटल बन्यो जुवा खेलाउने अड्डा

पछिल्लो समय काठमाडौंका क्यासिनोहरुमा नेपाली प्रवेशमा कडाइ भए पछि होटलहरु जुवा खेल्ने अड्डा बन्न थालेका छन् । तीन दिनअघि मात्रै भगवती बहालस्थित अरुण अग्रवालले संचालन गरेको ओमगणपती होटलबाट पनि जुवाडेहरु पक्राउ परेका थिए ।

१०५ नंम्बरको कोठामा संच्ालित जुवा अड्डाबाट राति ११ बजे जुवा खेलिरहेको अवस्थामा दुइ महिलासहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

जन्म दिन मनाउन भन्दै होटलको कोठा भाडामा लिएर जुवाडेहरुले जुवा अड्डा बनाएका थिए । २६ लाख सहित पक्राउ परेका अधिकांश जुवाडेहरु व्यवसायी थिए ।

काठमाडौं परिसरका एसएसपी विक्रम सिंहथापाका अनुसार पछिल्लो समय मोबाइल जुवाघरहरु संचालिन हुन थालेका छन । एक दिन एउटा होटलमा खेल्ने अर्को दिन अर्कै होटलमा पुगेर जुवा खेलाउने समूह काठमाडौं सक्रिय भैरहेको एसएसपी थापाले बताए ।

त्यस्ता जुवाअड्डाहरुको निगरानीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि एसएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment