+
+
Shares

क्लिनटनको इमेल एफबीआईले पुनः जाच गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १३ गते १०:०७

hellary१३ कात्तिक, काठमाडौं ।  अमेरिकी सुरक्षा जाँच ब्यूरोले हिलारी क्लिनटको इमेलको जाँच फेरि सुरु गर्ने जनाएको छ ।

एफवीआई निर्देशक जेम्स कोमेले अमेरिकी संसदलाई क्लिन्टनको इमेल जानको सूचना दिएका हुन् ।  कोमेले सांसदलाई पठाएको एक चिठ्ठीमा जाँचकर्ताले महत्वपूर्ण इमेल प्राप्त गरेको उल्लेख गरिएको छ ।

उनले जाँचकर्ताले इमलेमा गोप्य जानकारी भएको नभएको सुनिष्चित गर्न चाहेको उल्लेख गरेका छन् ।  एफबीआईले यसअघि डेमोक्रेटिक उमेदवारको व्यक्तिगत सर्वरमा गोप्य जानकारी भएको जनाएका थिए ।

कोमेले जाँच पूरा हुन कतिसमय लाग्छ भन्ने आफूले एकिन गर्न नसक्ने बताए ।  बीबीसीका अनुसार यस घटनाले अमेरिकी राष्ट्रपति चुनावमा असर पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?