+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

युरोपको देउसीः दौरासुरुवाल र गुन्युचोलीमा सजियो नयाँ पुस्ता !

एनआरएनका अगुवादेखि विदेशमै जन्मेको नयाँ पुस्तासम्म

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ कात्तिक १४ गते १४:१९

germany-deshi-photo-1-1

स्वदेशमा तिहारको रौनक बढिरहेका बेला प्रवासमा पनि चाडबाडले छोएको छ। युरोपका केही देशमा विभिन्न संघसंस्थादेखि नयाँ पुस्ताका नेपालीसम्मले देउसी भैलो खेल्दै नेपाली संस्कृतिको पहिचान गराएका छन्। विदेशमै जन्मिएको नयाँ पुस्तालार्इ नेपाली भेषमा देखेपछि पुरानो पुस्ताले खुशी प्रकट गरेको छ ।

युरोपका विभिन्न मुलुकहरुमा नेपाली समुदाय माझ अहिले देउसी भैलो कार्यक्रम चलिरहेको छ। ईच्छुक परिवारलाई अग्रिम जानकारी गराउँदै उनीहरुको दैलोमा नै पुगेर देउसी खेल्ने प्रचलन बढेको छ।

कतिपय ठाउँमा भने एउटा हलभित्र नै सामुहिक रुपमा देउसी खेल्ने गरिएको छ।

france-deushi-1

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले यसपटक पनि आपतकालीन कोष वृद्धिका लागि देउसी भैलो सुरुवात गरेको छ। संघका पूर्वअध्यक्ष निर्मल अर्यालले यस पटक गरी यो सातौं पटकको देउसी भैलो कार्यक्रम रहेको जानकारी दिए।

नेपाली दुताबास पेरिसबाट सुरु भएको देउसी भैलो कार्यक्रम अझै जारी छ।

नेपाली जनसम्पर्क समिति डेनमार्कले पनि यस बर्ष देउसी भैलो खेलिरहेको छ। सामाजिक तथा परोपकारी कोष बढाउनका लागि देउसी कार्यक्रमलाई निरन्तरता दिएको समितिका अध्यक्ष नवराज आचार्य ‘नविन’ ले जानकारी दिए।

denmark-deushi-1

त्यसैगरी यतिबेला कोपेनहेगनका नेपाली घर दैलोमा पनि देउसी भैलोका गीतहरु गुन्जिरहेका छन्।

यस्तै युरो नेपाल कलाकार संघ बेल्जियमले पनि देउसी भैलो विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

जर्मनीको देउसीमा नयाँ पुस्ता

युरोपमा नै जन्मेर यतै हुर्केका बालबालिकादेखि युवायुवतीसम्मले दौरासुरुवाल, टोपी, गुन्यु चोलीमा सजिँदै मादलको तालमा देउसुरे भनिरहेका छन्। जर्मनीको फ्र्यान्कफटमा शनिबार यस्तै दृश्य देखियो।

germany-deushi-photo-2-1

त्रिशुली न्यु जेनेरेशन जर्मनी नामको संस्थाबाट दोस्रो पुस्ताका एनआरएनहरु देउसी भैलो खेल्दै रमाइलो गरे।

यतै जन्मेर र हुर्केका भए पनि देउँसी भैलो भट्टाउँदा नेपाली पहिचान र संस्कृतिको कुनै कमी थिएन। जर्मनीको शहरमा पनि उनीहरु भन्दै थिए- ए भन मेरा भाइ हो ….. देउसी रे ! रातो माटो….. देउसी रे ! ए चिप्लो बाटो….. देउसी रे ! ए लड्दै र पढ्दै….. देउसी रे  ! ए आएका हामी ….. देउसी रे ! हामी त्यसै ….. देउसी रे ! आएका हैनौं….. देउसी रे !  बली राजाले ….. देउसी रे ! पठाएका देउसी रे ।”

europe-deusi

युवापुस्तालार्इ जीवा र कुमारको साथ

घर दैलो कार्यक्रम हुँदा गैरआवासीय नेपाली संघ(एनआरएनए) का प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने तथा केन्द्रीय उपाध्यक्ष कुमार पन्त पनि सहभागी थिए।

एनआरएन अभियन्ताहरुले दोस्रो पुस्ताका गैरआवासीयहरुले आफ्नो संस्कृति र पहिचानका लागि भैलो खेलेको देख्दा खुलेर प्रंशसा गरे।

संघका उपाध्यक्ष पन्तले भने, यस्ता कार्यक्रमहरुले नेपाली समाजमा सकारात्मक प्रभाव पारेको छ, यस्तो दृश्य देख्दा लाग्छ, भावी पुस्ताले पनि विदेशमा नै रहेर पनि नेपाली कला र संस्कृतिका बारेमा राम्ररी बुझ्ने छन् भनेर ढुक्क लागेको छ।”

france-deushi-1

आपतकालीन कोष जुटाउन देउसी भैलो

स्वदेशमा जस्तै देउसी भैलोको रन्को विदेशमा पनि कम छैन।

गैरआवासीय नेपाली संघदेखि प्रवासमा रहेका विभिन्न संघ संस्थाहरुले आपतकालीन वा सामाजिक कोष बढाउनका लागि देउसी भैलो खेलिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?