Comments Add Comment

काठमाडौं ओर्लिए भारतीय राष्ट्रपति मुखर्जी (फोटो फिचर)

mukharjee-in-nepal

१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि बुधबार नेपाल आएका छन् ।

मुखर्जीको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेकी छन् । उनले अति विशिष्ट कक्षमा मुखर्जीलाई स्वागत गरेकी छन् । मुखर्जीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अतिविशिष्ट कक्षमा पुगेका छन् ।

mukharjee-in-nepal-2

मुखर्जी आउनुभन्दा अघिदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द गरिएको थियो । मुखर्जी विमानस्थलबाट नबाहिरुन्जेलसम्म विमानस्थल बन्द नै रहने छ ।

india-president-nep-visit-16

१८ वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । मुखर्जी आउँदा काठमाडौंमा ‘अघोषित कर्फ्यू’ जस्तै छ ।

सुरक्षा प्रवन्धको जिम्मा नेपाली सेनालाई दिइएको छ । त्यसबाहेक भारतीय कमाण्डोको विशेष टोली पनि मुखर्जीसँगै नेपाल आएको छ ।

mukharjee-in-nepal-1

मुखर्जीलाई स्वागत गर्न को-को पुगे विमानस्थल ?

नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भीआईपीहरुको ओइरो लागेको छ ।

भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी स्वयं विमानस्थल पुगेकी थिइन् । साथमा प्रधानमन्त्री प्रचण्ड पनि विमानस्थलमा पुगे ।

india-president-nep-visit-6

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत लगायतका मन्त्रीहरु पनि स्वागतका लागि विमानस्थलमा पुगे ।

सभामुख ओनसरी घर्तीमगर भने अनुपस्थित रहिन् । सभामुख रोल्पा गएकाले उनको उपस्थिति नभएको प्रेस सल्लाहकार बबिन शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

india-president-nep-visit-9

india-president-nep-visit-11

india-president-nep-visit-14

india-president-nep-visit-15

तस्वीरः कविन अधिकारी/अनलाइनखवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment