Comments Add Comment

मुखर्जीले हरियो मसीले लेखे- पशुपतिनाथ भारत र नेपालका भक्तका लागि समान श्रद्धाकेन्द्र

आर्यघाटको पुनर्निर्माणमा भारतीय सहयोगको घोषणा

pranab-mukharji-pashupati-visitor-book

१८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको दर्शनका क्रममा आगन्तुक पुस्तिकामा हरियो मसीले लेखेका छन्- ‘यो मन्दिर भारत र नेपालका भक्तका लागि समानरुपमा श्रद्धाको केन्द्र हो ।’

राष्ट्रपति मुखर्जीले आफ्नो राजकीय भ्रमणका क्रममा भारत सरकारद्वारा मन्दिर क्षेत्रको आसपासमा घाटको पुनर्निर्माण र नवीनिकरणमा सहायताको घोषणा गर्न पाउँदा प्रशन्नता भएको जनाएका छन् ।

आगन्तुक पुस्तिकामा उनले लेखेका छन्- ‘म पशुपति क्षेत्र विकास न्यासलाई यो अद्वीतीय मन्दिर परिसरको संरक्षण एवं यसको रेखदेख गर्ने दिशामा उसद्वारा भइरहेको प्रयासको सफलताका लागि शुभकामना दिन्छु ।’

राष्ट्रपति मुखर्जीले नेपाल भारत मैत्री पशुपतिनाथ धर्मशालामा भारतीय सहयोगका लागिसमेत प्रशन्नता व्यक्त गरेका छन् । उनले लेखेका छन्-‘यो योजना वर्तमानमा क्रियान्वित हुन गइरहेको छ ।’

पशुपतिनाथको पुनः दर्शन एवं पूजाआजा गर्न पाएकोमा आफूलाई खुशी लागेको भारतीय राष्ट्रपति मुखर्जीले आगन्तुक पुस्तिकामा उल्लेख गरेका छन् ।

‘पवित्र पशुपतिनाथ मन्दिरमा पुनः आएर मलाई प्रशन्नताको अनुभूति भइरहेको छ,’ राष्ट्रपति मुखर्जीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘यो सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वको स्थान हो ।’

मुखर्जीले लेखेका छन्- मलाई विशेष पूजामा सहभागी भएर आनन्दको अनुभूति भयो अनि मेरा लागि दर्शनको व्यवस्था गरेकोमा मन्दिर न्यासलाई धन्यवाद ।

विशेष पूजा गर्न मुखर्जी पशुपतिनाथ मन्दिरमा गएका थिए । उनले त्यहाँ करिब एक घण्टा बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment