१९ कात्तिक, काठमाडौं । बजार अनुगमनमा खटिएका कर्मचारीहरु आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।
ती कर्मचारीहरुमा कानुनबमोजिम बयान लिने सीप तथा क्षमतासमेत नदेखिएको मन्त्रायलका अधिकारीहरु बताउँछन् ।
अनुगमनबाट बजारमा ठूलो विकृति देखिए पनि अनुगमनमा खटिएका कर्मचारीले कानुनबामोजिम बजार अनुगमनको प्रतिवेदन तयार गर्ने क्षमता नभएको र बयान नलिएको पाइएको आजको कारोबार दैनिकले जनाएको छ ।
विभागबाट खटिएका अनुगमन टोलीले दैनिक बजार अनुगमन गर्छ । अनुगमनबाट व्यपारीले लेबल नभएका बस्तु म्याद नाघेका तथा अखाद्य वस्तु आदी बेचेको देखिन्छ । तर, प्रतिवेदन र बयानमा त्यसबारेमा स्पष्ट विवरण आउँदैनन् ।
‘अनुगमन अधिकृतले बजारमा कालोबजारी भएको प्रतिवेदन बनाउँछ, त्यसमा कति मूल्य हुनुपर्ने र कति मूल्यमा व्यपारीले बिक्री गरिरेहका छन् भन्ने विषय उल्लेख गर्दैनन् ‘ आपूर्ति मन्त्रालयका उच्च अधिकारीले भने ।
प्रतिक्रिया 4