+
+
Shares

राष्ट्र बैंकले फाटेका नोट नलिने

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १९ गते ६:२९

१९ कात्तिक, काठमाडौं । दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ ।

Nepali-Note-Newदशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ नोट वितरण गरेको थियो ।

उक्त रकम लुम्बिनी अञ्चलसहित रोल्पा र प्युठान गरी ८ जिल्लाका ४ सय २४ वटा बेंक तथा वित्तीय संस्थामार्फत वितरण गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

नयाँ नोट एक महिनामै फटालेर बैंकमा तत्काल जम्मा वा सटही गर्न नल्याउन बेंक एवं वित्तीय संस्थालाई आग्रह गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रेवतीप्रसािद नेपालले जानकारी दिए । अन्य महिनामा उक्त शाखाबाट मासिक औसत डेढ अर्ब पुराना नोटहरु वितरण हुने गरेको निर्देशक नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?